कोशी: सोमबार काठमाडौँको माइतीघरसहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
जसअन्तर्गत कोशी प्रदेशको विराटनगर, इटहरीसहित प्रमुख शहरमा पनि यो पुस्ताले आन्दोलन गर्ने भएको छ।
सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने छ। विराटनगरमा पनि सनसारीमाइस्थानदेखि सिडियो कार्यालयसम्म आन्दोलन गरिने जनाइएको छ।
जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन्। उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए। जसको राजनीतिक दलदेखि संघसंथासम्मले समेत साथ दिइरहेका छन्।


