काठमाडौँ: नेपाली सेनाले जेनजी समूहसँग वार्ताका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले वार्ताका लागि आह्वान गरेपछि जेनजी समूहभित्र वार्ता सुरु भएको छ। उक्त समूहले कसलाई वार्तामा पठाउँछ भन्ने टुंगो लागिसकेको छैन।
सेनाले वार्तामा बोलाएपछि जेनजी समूहभित्र अर्थतन्त्र र राजनीतिको ज्ञान भएका व्यक्तिलाई वार्तामा पठाउन छलफल चलिरहेको छ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका थिए। ओलीको राजीनामा स्वीकृत गर्दै मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा बोलाए पनि उक्त समूह वार्तामा गएको थिएन।
मंगलबारको प्रदर्शनी उग्र बनेपछि प्रदर्शनकारीले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र बार एसोसिएसन, संघीय संसद भवन, जिल्ला प्रशासन कार्यालय काठमाडौँ राष्ट्रपति निवास सितलनिवास, प्रधानमन्त्री निवास बालुवाटारसहित ठूला दलका शीर्षा नेताका घरसहित धेरै जसो दलका कार्यालयहरू समेत जलाएका थिए।


