काठमाडौं। मुृख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले मुलुकको प्रशासनमा सुधार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न २१ वटा निर्णय गरेको छ।
सचिव बैठकले कर्मचारीले बैठक भत्ता खारेज गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन कार्यालयले गर्ने सबै कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्न निर्देशन दिएको छ।
सिंहदरबार प्रवेश गर्न जारी भएका पासहरू सबै खारेज गर्ने भएको छ। आवश्यक परेको खण्डमा नयाँ पासहरू उपलब्ध गराइने भएको छ ।


