२०८३ कार्तिक २२ गते शनिवार

व्यवसायिक सुरक्षा र लगानीकर्तामा विश्वासको वातावरण बनाउन महासंघका अध्यक्ष ढकालको आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
550474448_491050817436930_8289171166070162393_n

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले यही २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा ग्रुप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा महासंघका अध्यक्ष ढकालले निजी लगानी सुरक्षित हुन सक्ने वातावरण निर्माण गर्नु आजको प्राथमिकता रहेको र लगानीकर्तामा विश्वास जगाउन राज्यको दायित्व भएको बताए।

आन्दोलनका क्रममा निजी सम्पत्तिमा आक्रामण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने बताउँदै अध्यक्ष ढकालले शान्ति र सुरक्षाको वातावरण कायम राख्न सरकार, नागरिक समाज, र सबै सरोकारवालाहरूलाई आग्रह गरे।

“ देशको समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान छ। पछिल्लो विकसित घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ। निजी क्षेत्रको सम्पत्ति संरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य छ” उनले भने।

अध्यक्ष ढकालले घटनाका दोषीमाथि कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नहुने बताए।

निरीक्षणका क्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यसहित महासंघका सदस्यहरुले व्यवसायी उपेन्द्र महतो, कान्तिुर मिडिया ग्रपका अध्यक्ष कैलाश सिरोहिया, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ तथा हिल्टनका सञ्चालकहरुसंग घटनाक्रम तथा क्षतिबारे जानकारी लिएको थियो।

महासंघले व्यवसायीको सुरक्षा, व्यवसायिक वातावरण निर्माणमा सधैं व्यवसायीहरुको साथमा रहेको जनाएको छ।

प्रकाशित: २०८२ असोज १ गते बुधबार ०७:५५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना