काठमाडौं। जेन्जी समूहको हिंसात्मक आन्दोलनपछि खुलेको पहिलो दिनमा नै सेयर बजारमा पहिरो गएको छ । सेयर बजारमा दुई पटक नकरात्मक सर्किट लागेर कारोबार नै बन्द हुन पुगेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३३.६१ अंक घटेर २५३८.६३ अंकमा झरेको छ । सेयर बजार राताम्मै भएको छ ।
पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको नेप्सेले जनाएको । नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगन गरेको छ।
कारोबार खुलेको २ मिनेटमै नेप्से सूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार बन्द हुन पुगेको हो। १९१ कम्पनीको सेयर मूल्य घट्दा ११ को मात्र बढेको छ।
बजारमा भारी गिरावट आउँदा हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आठ कम्पनीहरुमा सर्किट लेभलमा सेयर मूल्य घटेको छ।
यसरी सर्किट मूल्यमा सेयर घट्नेमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रिनभेन्चर्स हाइड्रो लिमिटेड क्रेस्ट माइक्रो फाइनान्स लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, ट्रेड टावर लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्किट लेभलमा घटेको छ।


