काठमाडौं। एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन्।
२०७९ कात्तिकमा चार वर्षका लागि दोस्रो पटक सीईओ बनेका न्यौपानेले कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको ७६२ औं बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको हो।
कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई जिम्मबारी दिएको बैंकले जनाएको छ। न्यौपानेले बिहीबार बिहान राजीनामा गरेका हुन्।


