एजेन्सी: अमेरिकाले भारतलाई एकतर्फी ५० प्रतिशत भन्सार शुल्क(ट्यारिफ) लगाएको छ। भन्सार दरका कारण निर्यात घटे पनि भारतमा डलर सञ्चिति बढेको छ।
डलर सञ्चिति ४.६९ अर्ब बढेर सात खर्ब दुई अर्ब ९६ करोड डलर पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ। यो विदेशी विनिमय सञ्चितिले ११.५ महिनाको आयातलाई धान्नेछ।
आरबीआईको तथ्यांकअनुसार विदेशी मुद्रा सम्पत्ति जुन सञ्चितिको सबैभन्दा ठूलो अंश रहेको छ। यो २ अर्ब ५३ करोड बढेर पाँच खर्ब ८७ अर्ब डलर पुगेको छ।
विदेशी मुद्रा सम्पत्तिमा वृद्धि सम्भवतः युरो, पाउन्ड स्टर्लिङ र येन जस्ता अन्य विश्वव्यापी मुद्राहरूमा राखिएका सम्पत्तिहरूको मूल्यांकनमा परिवर्तनको कारणले भएको बताइएको छ।
अमेरिकाले ५० प्रतिशत भन्सार शुल्क लगाएपछि डलरसँग भारु दबाबमा परेको छ।


