२०८३ कार्तिक १२ गते बुधबार

जीडीपीको १२० प्रतिशत नजिक पुग्यो निक्षेप, पुनर्निमाणमा लगानी गर्न सकिन्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
economic

काठमाडौं। पछिल्ला वर्षहरुमा बैंकिङ प्रणालीमा निक्षेप परिचालन बढेर मुलुककको कूल ग्राहस्थ उत्पादन (जीडीपी) को झण्डै ११९.९१ प्रतिशत पुगेको छ। गत असारसम्म जीडीपीको ११८.५७ प्रतिशत थियो। साउनमा निक्षेप बढ्दा आकार फराकिलो बन्दै गएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षसम्म जीडीपीको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ छ। यो वर्ष जीडीपी तथ्यांक आउन बाँकी छ। जीडीपी भन्दा बैंकिङ प्रणालीमा भएको निक्षेप १२ खर्ब १६ अर्ब रुपैयाँ बढी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म ७३ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

यस्तै जीडीपीको तुलनामा कर्जा लगानी ९१.४६ प्रतिशत मात्र छ। कर्जा विस्तार सुस्त हुँदा चालू आर्थिक वर्षमा पनि बैंक तथा वित्तीय संस्थाहरूले ‘काउन्टर साइक्लिकल बफर’ का लागि थप पुँजीको व्यवस्था गर्नु नपर्ने भएको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा पनि बैंक तथा वित्तीय संस्थालाई क्यापिटल एडिक्वेसी फ्रेमवर्कअन्तर्गतको काउन्टर साइक्लिकल क्यापिटल बफरमा थप पुँजीको व्यवस्था गर्नुपरेको थिएन। गत असारसम्मको बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र जीडीपी अनुपात (क्रेडिट–टु–जीडीपी रेसियो) पाँच प्रतिशतभन्दा तल भएकाले यो आर्थिक वर्षमा पनि क्यापिटल बफर लागु नहुने भएको हो।

पाँच वर्षको औसत क्रेडिट–टु–जीडीपी रेसियो ९१ प्रतिशत छ। हालसम्म क्रेडिट टु जीडीपी रेसियो ९१.४६ प्रतिशत मात्र छ। उनका अनुसार, प्राथमिक पुँजी साढे ८.५प्रतिशत र पूरक पुँजी साढे २.५ प्रतिशत गरी ११ प्रतिशतको न्यूनतम पूँजीकोष कायम गर्नुपर्ने हुन्छ । औसत ११ प्रतिशतभन्दा माथि पुगेपछि मात्र क्यापिटल बफरका लागि थप पुँजी राख्नुपर्ने हुन्छ।

वाणिज्य बैंकको न्यूनतम प्राथमिक पुँजीकोष ८.५ प्रतिशत र पूरक पूँजी २.५ प्रतिशतसहित ११ प्रतिशत न्यूनतम् पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ।

कोभिडपछि मुलुकको अर्थतन्त्रमा मन्दी सुरु भयो र कर्जा विस्तारको गति घट्दै गयो । कुनै बेला बैंकहरु हौसिएर ३३ प्रतिशतसम्म कर्जा विस्तार गरेका थिए। गत वर्ष आठ प्रतिशत हारहारीमा मात्र कर्जा बढेको छ।

कर्जा विस्तार नभएपछि तरलता तान्दै राष्ट्र बैंक, साउनयता सात खर्ब ६५ अर्ब प्रशोचन

कर्जा विस्तार नहुँदा राष्ट्र बैंकका अनुसार प्रणालीमा अझै सात खर्ब रुपैयाँ बढी अधिक तरलता रहेको छ। तरलता बढी भएपछि हालसम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर सात खर्ब ६५ अर्ब रुपैयाँ तानिसकेको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) फराकिलो हुँदै गएको छ। हाल सीडी रेसियो ७५.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सीडी अनुपात ९० प्रतिशत कायम गरेको छ।

गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत अर्थात आठ खर्ब ११ अर्ब ४९ करोड बढेको छ। यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत अर्थात चार खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ मात्र बढेको छ। चालू आर्थिक वर्षमा कर्जा विस्तार १२ प्रतिशत अर्थात झण्डै सात खर्ब रुपैयाँ हुने अनुमान राष्ट्र बैंकको छ।

गत साउनसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ४.६२ प्रतिशत छ। कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशत छ। कर्जाको ब्याज घटेका बेला लगानी गर्ने उपयुक्त समय हो। ब्याजदर घटेर एकल अंकमा आइपुग्दा पनि कर्जाको माग नबढ्नु भनेको लगानीकर्तामा विश्वासको वातावरण नभएको संकेत गर्ने अर्थशास्त्रीहरुको भनाई छ।

निक्षेप बढ्न रेमिट्यान्सको ठूलो भूमिका रहेको छ । अर्थतन्त्रका चलायमान नबन्दा कर्जाको माग नभई बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएको हो। यद्यपि, बैंकिङ प्रणालीमा भएको रकम पुनर्निमाणमा लगाउन सकिने देखिएको छ। अहिले निक्षेप थुप्रिएका कारण ब्याजदर घटेकाले पुनर्निर्माणमा लिने ऋणको लागत कम हुने भएको छ।

चालु आर्थिक वर्षमा कर्जा लगानी बढाउन राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति लिएको छ। तर, माग नबढेकाले बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै गएको छ। जेन्जी आन्दोलनले ठूलो क्षति गरेकाले आगामी दिनमा कर्जा बढ्ने संभावना कम छ।

अर्थतन्त्र क्रमिक रूपमा लयमा फर्कन थाले पनि बैंक तथा वित्तीय संस्थामा निस्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढेको छ। यसबाट पुँजी कोषमा दबाब पर्न गई कर्जा लगानी क्षमतासमेत प्रभावित भएको छ ।

जीडीपीको गणना आधार नै परिवर्तन गर्नुपर्छ
यता विश्लेषक अनलराज भट्टराई जीडीपी गणना पुरानो भएकाले यसको आधार नै परिवर्तन गर्नुपर्ने बताउँछन्। नेपाल क्लिक्ससँग कुरा गर्दै विश्लेषक भट्टराईले भने “अहिले सरकारले जीडीपीको गणना आधार वर्ष २०११ बाट २०२१ मा ल्याउनुपर्छ । आधार नै परिवर्तन गनुपर्छ।”

नेपालमा अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दै गएको उनको भनाई छ। अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनतर्फ सरकार लाग्नुपर्ने उनको भनाई छ। यसलाई औपचारिक बनाउन लाग्नुपर्छ।

“जीडीपी भन्दा बढी निक्षेप छ। जीडीपी हारहारीमा कर्जा लगानी छ। सेयर बजार पुँजीकरण पनि कर्जा लगानी हारहारीमा भएको अवस्थमा जीडीपी गणना सही छैन” उनले भने “अन्य मुलुकमा यस्तो छैन, हामीमा भएकाले जीडीपी गणनामै त्रुटी भएको छ। आधार परिवर्तन भएपछि जीडीपीको आकार पनि बढ्नेछ। गणना आधार परिवर्तन गर्दा बंगलादेशको घटेको थियो भने हाम्रो आर्थिक वृद्धि भइरहेकाले घट्ने संभावना छैन।”

अब पुनर्निमाणलाई ठूलो रकम चाहिने उनको भनाई छ। सरकारले खुद्रे आयोजना कटौती गरेर एक खर्ब १० अर्ब रुपैयाँ स्रोत व्यवास्था गरेको छ। सरकारले ल्याएको बजेटलाई अर्धवार्षिक समीक्षामा आएर घटाउने गरिएको छ। बजेटमा भएका योजना ८० प्रतिशत पनि कार्यान्वयन हुँदैन् । चालू आर्थिक वर्षको बजेटलाई अहिले नै ८० प्रतिशतमा झारेर खर्च कटौतिको स्रोत हेर्नुपर्ने उनको भनाई छ।

सार्वजनिक निजी गरेर झण्डै तीन खर्ब रुपैयाँ क्षति भएको अनु्मान छ। यो प्रत्यक्ष नोक्सान हो, अप्रत्यक्ष नोक्सान जोड्दा बढी नै हुने विश्लेषक भट्टराईको अनुमान छ।

अप्ठेरो अवस्था भएकाले सरकारले गत वर्षको हारहारीमा मात्र राजस्व उठाउन सक्ने उनको भनाई छ। यता पुनर्निमाण गर्नुपर्दा खर्च बढेको छ भने आन्तरिक स्रोतमा दबाब परेको छ। अप्ठेरो परेका बेला मित्र राष्ट्रसँग धेरै सहयोग माग्नु पर्ने अवस्था आएको छ।

 

प्रकाशित: २०८२ असोज ७ गते मङ्गलबार ०२:१८
प्रतिक्रिया

थप समाचार

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

तीन अर्ब नोक्सानमा रहेको जनकपुर चुरोटको डीडीए सकियो, दाबी पेस गर्न तीन साता समय

तीन साताको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। चुरोट कारखाना सरकारले बिक्री गर्ने योजना बनाएको छ।

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना