काठमाडौं। साताको पहिलो दिन सेयर बजारमा चमक आएको छ । आइतबार सेयर बजार ५८.६३ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६ सय ८२.२५ अंकमा पुगेको छ। गत बिहीबार बजार ११६ अंक बढेको थियो।
जेन्जी आन्दोलन समाप्तिपछि खुलेको सेयर बजारमा १६० अंकको भारी गिरावट आयो। बिहीबार तीन पटक नकरात्मक सर्किट लागेर सेयर बजार बन्द भएको थियो।
दुई दिनको मूल्य वृद्धिले बिहीबारको नोक्सान पूर्ति गरेको छ। सेयर बजार घटनलाई रोक्न शुक्रबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले धितोपत्र बजारलाई सुधार गर्ने भन्दै सेयर लगानीकर्ताको मनोबल उकास्नलाई चाल्नुपर्ने कदमबारे सुझाव दिन मन्त्रिस्तरिय निर्णय गरी एक कार्यदल गठन गरेपछि सेयर बजार पुनः उकालो लागेको हो।
मंगलबार २३८ कम्पनीको सेयर मूल्य बढेको छभने १४ को घटेको छ। मंगलबार पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको एक करोड १३ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ। नेपाल रिको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेडको १८ करोड ३० लाख र हिमालयन डिष्टिलरी लिमिटेडको १८ करोड १६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
सप्तकोसी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर सर्किट लागेको छ भने ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकलगायत जलविद्युत कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार प्रभु स्मार्ट फन्डका लगानीकर्ताले गुमाएका छन्।


