काठमाडौँ: गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले कुल चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूलाई उक्त लाभांश वितरण गरिनेछ।


