काठमाडौँ: नेपाली बजारमा बुधबार कीर्तिमानी मूल्य बनाएको सुनको मूल्य आज घटेको छ। यसदिन तोलामा १७ सय रुपैयाँले घटेर सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको मूल्य पनि उच्च रेकर्डबाट तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।


