काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ। यसदिन नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) २.३५ प्रतिशतले घटेर बजार २६५२ अंकमा झरेको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब १२ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजदेखि बजारमा कारोबार भएका शेयरको भुक्तानी दशैँअगाडि हुँदैन। शेयर खरिद गर्नेले पनि दशैंअघि डिम्याट खातामा सेयर नपाउने र बेच्ने पनि बैंक खातामा पैसा नपाउने भएपछि बजारमा त्यसको असर देखिएको हो।
बिहीबार १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्य घट्दा ५ को स्थिर देखिएको छ। यसदिन बैंकिङ, लगानी र व्यापार उपसमूहको शेयर सामान्य बढेकोमा अन्य उपसमूहको शेयरमूल्य घटेको छ।


