काठमाडौँ: नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलाको २ लाख ३० हजार ६ सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार ९६० रुपैयाँ पुगेको छ।







