काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।
बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढेको हो। महासंघकाअनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढिरहेको छ।
यस्तै चाँदीको मूल्य पनि आज ऐतिहासिक उचाईमा पुगेको छ। बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज ३० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँमा कारोबार भैरहेको छ।


