काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्जमा सकारात्मक सर्किट ब्रेक लागेको छ। बजार खुलेको तीन मिनेटमै ११:०३ मा नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको हो।
११ :०३ बजेसम्म नेप्से परिसूचक १०२ अंक बढेर दुई ६६२ अंकमा पुगेको थियो। जेनजी आन्दोलनपछि शेयर बजारमा देखिएको यो पहिलो सकारात्मक सर्किट ब्रेक हो।
सर्किट ब्रेकपछि २० मिनेट कारोबार स्थगित भएर ११:२३ मा खुलेको छ।
लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रिय बैंकले हटाएसँगै यस दिन बजारमा उत्साह देखिएको हो।
