२०८३ कार्तिक १६ गते आईतबार

विचार: अबको कांग्रेस शेखरको नेतृत्वमा

 |  लोकराज अवस्थी
Sanket

लोकराज अवस्थी

काठमाडौँ, असोज २८
lokraj_awathi

जेनजी आन्दोलनपछि जसरी देशको राजनीतिक परिदृश्य बदलिएको छ, त्यसैगरी नेपालका राजनीतिक दलको अवस्था पनि बदलिएको छ। राजनीतिक दलहरू सत्ताबाट सडकमा आएका छन्। संसद् विगठन भएको छ। जेनजीको मागबमोजिम नागरिक सरकार गठन भएको छ। नागरिक सरकारले यही फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरिसकेको छ। समग्रमा भन्नुपर्दा नेपालको संविधान २०७२ ले परिकल्पना गरेको राज्य संचालन विधि भत्केको छ। देश नयाँ राजनीतिक यात्रामा अघि बढी रहेको छ।

लोकतान्त्रिक पद्धतिमा राजनीतिक दलहरू मुख्य आधार हुन्। राजनीतिक दलको सहभागिताबिना लोकतन्त्र बलियो पनि हुन सक्दैन। लोकतन्त्रमा जनतासामु गएर जनादेशअनुसार राजनीतिक पार्टीले सत्ता सञ्चालन गर्दछन्। सोहीअनुसार राज्यका अन्य अंगहरूले पनि आ–आफ्ना जिम्मेवारी र दायित्व पूरा गर्ने गर्दछन्। तर, नेपालमा जेनजी आन्दोलनपछि सबै राजनीतिक दलहरू विगठन उन्मुख रहेका छन्। राजनीतिक दल शुन्यतामा झरेका छन्। पार्टीभित्र तथा बाहिर हुने सबै गतिविधिहरू ठप्प छन्। नेता कार्यकर्ता राजनीतिक बहसबाट भागिरहेका छन्। सबै पार्टीको आगामी कार्यदिशा कता लैजाने वा जाने भन्नेमा अन्योलग्रस्त देखिन्छ। हरेक पार्टीभित्र नेतृत्वप्रति प्रश्न उठिरहेको छ। साथै, वैकल्पिक नेतृत्वको माग उठी रहेको छ। जुन राजनीतिक दलहरूको लागि चुनौतिपूर्ण रहेको छ।

अब नेपाली कांग्रेसको कुरा गरौँ। जेनजी आन्दोलनपछि नेपाली कांग्रेस इतिहासमा गन्तव्यहीन बनेको छ। राणा, पञ्चायत तथा माओवादी विद्रोहको बेलामा पनि सशक्त भूमिका रहेको नेपाली कांग्रेस अहिले भूमिकाहीन बनेको छ। हरेक आन्दोलनको अगुवाई गर्ने नेपाली कांग्रेस जेनजी आन्दोलनमा सत्ताको मतियार बनेर अपजसको भागेदार बनेको छ। देशमा परिवर्तन भयो। तर नेपाली कांग्रेस कतै देखिएन, सुनिएन र भेटिएन। यो एक लोकतान्त्रिक पार्टीका लागि दु:खद् विषय हो।

पार्टी यो अवस्था आउनमा दोषी को हो? कसको कारणले पार्टीको यो अवस्थामा आइपुग्यो? यसको समीक्षा हुँदै जाला। तर जो–जो पार्टीको शीर्ष नेतृत्वमा रहेका छन्, ती सबैले यसको सामूहिक जिम्मेवारी लिनुपर्छ। पार्टी सभापति, उपसभापति, महामन्त्री तथा पदाधिकारी सबैले पार्टी यो अवस्थामा पुग्नको जिम्मा लिनुपर्छ। एकले अर्कोलाई दोष लगाएर मात्र उन्मुक्ति पाइँदैन। सामूहिक नेतृत्वमा जिम्मेवारी पनि सामूहिक नै हुन्छ। यसकारण यसको जिम्मेवार सबै पदाधिकारी बन्नुपर्छ।

पार्टी अहिले इतिहासकै विषम परिस्थितिमा रहेको छ। वर्तमान नेतृत्वप्रति प्रश्न उठेको छ। पार्टीको नेतृत्वको बारेमा उठिरहेको प्रश्नलाई दुई दृष्टिकोणबाट हेरिनुपर्छ। पहिलो, जेनजी आन्दोलनपछिको अवस्थामा वर्तमान नेतृत्व असफल तथा अस्वीकार्य भएकाले वैकल्पिक नेतृत्वको बारेमा बहस भइरहेको छ। जुन जनभावनाको मर्मअनुसार हुनुपर्छ। यो विधिविधान भन्दा पनि विषम परिस्थितिमा आवश्यकता सिद्धान्तअनुसार फेरबदेल गरिनु पर्छ। त्यसको लागि सबैले विश्वास गर्न र सबैलाई समेटेर आगामी निर्वाचनमा लैजान सक्ने सबल नेतृत्वलाई जिम्मा दिनुको अर्को विकल्प छ।

यसका लागि वर्तमान केन्द्रीय कार्यसमितिलाई भंग गरी १५ औं महाधिवेशन आयोजना गर्ने गरी तदर्थ समिति गठन गरी अघि बढ्नुपर्छ। जसले वर्तमान नेतृत्वप्रतिको जनआक्रोश मत्थर हुने र पार्टीलाई नयाँ नेतृत्व मिल्नेछ। साथै, पार्टीभित्र गुट–उपगुटको पनि व्यवस्थापन हुन्छ। र, नेतृत्वमाथि थप आलोचना तथा प्रश्न उठ्दैन।

दोस्रो, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद यही मंसिरमा सकिँदैछ। कानुनी हिसाबले पनि मंसिरपछि अहिलेको नेतृत्व अवैधानिक हुन्छ। यसले पार्टीको हैसियत तथा कानुनी वैधतामाथि पनि प्रश्न उठाउँछ। यसकारण पार्टीको मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके यसले पार्टीलाई थप समस्याग्रस्त बनाउँछ। र, नेतृत्वहीन बनाउँछ। यसकारण विधानले तोकिएको समयसिमाभित्र महाधिवेशन गराउनका लागि पनि पार्टीभित्र सहमति कायम गरेर नयाँ जिम्मेवारी दिइनु पार्टीका लागि अझ बढी हितकर हुन्छ।
नेपाली कांग्रेसभित्र नेतृत्व र नेतृत्व हस्तान्तरणको प्रक्रिया बारेमा नयाँ बहस चलिरहेको छ। यहीले नेतृत्व लिएर निर्वाचनमा जानेको की नयाँ नेतेत्वसहित जाने भन्ने बारेमा छलफल चलिरहेको छ।

विधि र नेतृत्वबारे पनि फरक–फरक धारणा आइरहेका छन्। त्यसको बारेमा पार्टीभित्र बाहिर चर्चापरिर्चा भइरहेको छ। अधिकांशले यही नेतृत्व लिएर निर्वाचन वा जनतासामु जान नसकिने भनिरहेका छन्। वर्तमान सभापति तथा पदाधिकारी भित्रैबाट नेतृत्व चयन गरेर जान कठिन देखिन्छ। किनभने उहाँहरूले चार वर्षमा जे–जे गर्नुभयो त्यसको परिणाम पार्टीले अहिले भोगिरहेको छ। फेरि पनि त्यही नेतृत्वलाई बोकेर जान झन चुनौतीपूर्ण देखिन्छ। यसकारण अब नयाँ नेतृत्वलाई जिम्मा दिएर मात्र निर्वाचनमा जानु बढी यथार्थपरक देखिन्छ। त्यही नै अहिलेको लागि उत्तम विधि हो।

नेपाली कांग्रेसभित्र पार्टीलाई नेतृत्व गर्न सक्नै कैयौँ नेताहरू छन्। लामो इतिहास भएका, पार्टीमा लामो समयदेखि योगदान दिएका वा वैचारिक स्पष्टता भएका नेताहरूको कमी छैन। तर, पार्टी इतिहासको कठिन मोडमा रहेको छ। पार्टीहरूप्रति अविश्वास बढिरहेको छ। संघीय लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठिरहेको छ। यस्तो कठिन अवस्थामा परिपक्व र समन्वयकारी नेतृत्व आवश्यक पर्दछ। नेपाली कांग्रेसका नेताहरूमध्ये सक्षम नेतृत्व, सरल बोली, समन्वयकारी व्यवहार, स्पष्ट विचार र साधारण जीवनशैलीको आधारमा डा. शेखर कोइराला सबैभन्दा बढी भरोसायोग्य नेता मान्न सकिन्छ। उनले पार्टीभित्रको कमीकमजोरीदेखि लोकतान्त्रिक प्रणालीका खराब पक्षहरूलाई उजागार गरी समाधानका लागि विचारहरू प्रवाह गरिरहेका छन्। पार्टीभित्र शेखर कोइराला निरन्तर वैचारिक बहस गरिरहेका छन्। बहस चलाइरहेका छन्। र, पार्टीको लक्ष्यउन्मुख विचारलाई मूर्त रुप दिन अगुवाई गरिहेका छन्।

जेनजी आन्दोलनपछि आम कार्यकर्ताले पार्टी नेतृत्वमा सरल र उच्च विचार भएको र सबै पुस्तासँग समन्वय गर्न सक्ने नेताको खाँचो छ। अहिले पार्टीमा कि त युवाका नाममा चर्को भाषण गर्नेहरूको संख्या बढी छ, कि त अग्रज पुस्ताको दबदबा छ। युवा र अग्रज पुस्तालाई जोड्ने नेतृत्व कमी रहेको वेला शेखर कोइराला त्यसका लागि उचित नेता हुन्। पार्टी सबैको हो। पार्टी नेतृत्वमा शेखर कोइराला आएपछि आम कार्यकतालाई न्याय हुन्छ भन्ने बुझाई रहेको छ। जुन कुरा उनको विचार, सरल जीवनशैली, परिपक्व अनुभवले पनि पुष्टि गर्दछ।

जेनजी आन्दोलनले उजार गरेको अर्को कुरा नेतृत्वको जीवन शैलीमाथिको प्रश्न हो। त्यो नेपाली कांग्रेसभित्र पनि उठिरहेको छ। आम नेपाली जस्तै नेतृत्वको पनि जीवनशैली हुनुपर्छ। अहिलेका पदाधिकारी तथा सरकारको नेतृत्व गरेका मन्त्रीहरूको जीवनशैली निकै भड्किलो बन्दै गएको छ। जसले आम नेपालीलाई बेखुशी बनाएको छ। पार्टीका कार्यक्रममा होस् वा सार्वजनिक कार्यक्रममा नेताहरू फिल्मशैलीमा लावालस्करसहित देखिन्छन्, त्यो पनि चिल्लो महँगो गाडीमा। जसको कारण युवामा पार्टी र नेतृत्वप्रति नकरात्मक धारणाको विकास भएको पाइन्छ।

नेपाली कांग्रेस भुइँमान्छेको पनि हो। जेनजी र युवाको पनि हो। जेनजी आन्दोलनलाई नैतिक समर्थन गरेको आधारमा र नेता पनि हामीजस्तै सर्वसाधारण हुन्छन् भन्ने सन्देश दिन पनि पार्टीलाई शेखर कोइरालाको नेतृत्व आवश्यक देखिन्छ। आम नागरिक, पार्टीका कार्यकर्तादेखि नेतासम्मले पनि अबको पार्टी नेतृत्वमा शेखर कोइराला स्वीकार गरेका छन्।

नेपाली कांग्रेसलाई बलियो, वैचारिक र चलायमान बनाउनका लागि भावी नेतृत्वका लागि गम्भीर भएर सोच्ने समय आएको छ। एकछिनको लोकप्रियताका लागि चर्का कुरा गर्ने वा आफ्नो व्यीक्तगत स्वार्थका लागि अन्धभक्त गुट निर्माण गर्ने दुबै पार्टीका लागि घातक हुन्। यिनले पार्टी तथा देश भन्दा आफू र वरीपरीकाहरूको हितका लागि मात्र काम गर्दछन्। थला परेको नेपाली कांग्रेसलाई माथि उठाउनका लागि शेखर कोइराला जस्ता इमान्दार नेताको जरुरत भइसकेको छ। कार्यकर्ताको मनोबलमाथि उठाउनका लागि पनि शेखर कोइराला जस्ता स्वच्छ छवि भएका नेताको अगुवाई हुनु आवश्यक भइसकेको छ। नभए पार्टी फेरि थप संकटमा फस्दै जाने निश्चित छ।

देश तथा नेपाली समाज पनि कठिन मोडमा अभिएको छ। जात, धर्म, भाषा, समुदाय तथा भूगोलको नाममा राजनीति हुने खतरा बढिरहेको छ। पार्टीभित्र पनि अतिवाद विचार भएकाहरूले द्वन्द्व बढाइरहेका छन्। आफ्नो लोकप्रियताका लागि सस्ता र विकाउ कुरा गर्नेहरूको संख्या बढिरहेको छ। समन्वयकारीताको अभाव देखिन्छ। पार्टीभित्र होस् या बाहिर समन्वयकारी भूमिका खेल्न सक्ने नेतामा शेखर कोइराला अग्रपंतिका मानिन्छन्। शेखर कोइराला सन्तुलित विचार, समन्वयकारी भूमिका, सत्य बोली र सामूहिकता विश्वास राख्ने नेता हुन्। उनले आलोचनाका बाबजुद पनि आफ्नो समन्वयकारी भूमिका बढाउँदै गइरहेका छन्। उनले बारम्बार पार्टीभित्रको अन्यायको अन्त्य गरी सबैलाई न्याय दिने प्रतिबद्धता दोहर्‍याउँदै आइरहेका छन्। सबैलाई न्यायको सुनिश्चिता गरिनु भनेको वैचारिक स्पष्टता हो। पार्टीभित्र सत्यतथ्यमा आधारित प्रणालीप्रतिको विश्वास हो।

पार्टीभित्र अहिलेसम्म बेदाग र जिम्मेवारीमा नबसेको नेता डा. शेखर कोइराला हुन्। उनी विचार र नेतृत्वका हिसाबले अब्बल नेता हुन्। उनमा पार्टीका सबै तहका नेताहरूसँग समन्वय गर्न सक्ने तथा वैचारिक रूपमा पार्टीलाई अघि लैजान सक्ने क्षमता देखिन्छ। अहिलेसम्म निष्कलंक छवि भएकाले शेखर कोइरालालाई नेतृत्व हस्तान्तरण गर्दा सबैलाई न्याय नै हुन्छ। नेता तथा कार्यकर्तालाई पाच्य पनि हुन्छ। स्वीकार्य पनि हुन्छ। जुन पार्टीका लागि स्वभाविक पनि हुन्छ।

(प्रेस युनियनका केन्द्रीय सदस्य अवस्थी समसामयिक राजनीति र युवा सहभागिताका विषयमा कलम चलाउँछन्। यस लेखमा व्यक्त विचार लेखकको निजी दृष्टिकोण हो।)

प्रकाशित: २०८२ असोज २८ गते मङ्गलबार १०:२५
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना