काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य प्रतितोला अढाई लाख रुपैयाँ नजिक पुगेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ८ हजार १०० रुपैयाँको उच्च वृद्धि भई सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो।
मंगलबार सुन तोलामा तीन हजार रुपैयाँ बढेको थियो।


