२०८३ कार्तिक २२ गते शनिवार

अमेरिकामा ‘सटडाउन’ हुँदा विश्वभर निरन्तर बढ्दै सुनको मूल्य, बजारमा कृत्रिम अभाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
Gold Shop Newroad.-2129

काठमाडौँ। पछिल्लो समय निरन्तर बढ्दै गएको सुनको मूल्यले बुधबार नेपाली बजारमा नयाँ कीर्तिमानी बनाएको छ। मंगलबार ८ हजार १०० रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो साता आइतबारदेखि बिहीबारसम्म लगातार रेकर्ड बनाएको सुनले बुधबार पुनः उच्च मूल्यको नयाँ रेकर्ड बनाएको हो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले यसको असर स्थानीय बजारमा देखिएको हो। अमेरिकी सरकारले कर्मचारीलाई तलव दिन नपाएपछि कार्यालय बन्द हुँदा यसको असर सुन बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

‘प्रमुख एक कारण अमेरिकामा भएको सटडाउन हो,’ उनले भने। अमेरिकाले चीनलाई सय प्रतिशत कर वृद्धिपछि समस्या देखिएको छ।

अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएपछि अमेरिकामा यतिबेला’गभर्न्मन्ट शटडाउन’को स्थिति रहेको छ। ‘अमेरिकामा बजेट पास नभएर सटडाउनको अवस्था आएपछि कर्मचारीले तलव पाएका छैनन्, आर्थिक गतिविधि सुस्त छ। अमेरिकी अर्थतन्त्रमा समस्या देखिएपछि त्यसको असर विश्वभर देखिएको छ, सुनको मूल्य वृद्धिको र कमजोर हुन पुगी सुनको मूल्य बढिरहेको छ,’ उनले भने।

अहिले अमेरिकी संसदले बजेट पारित नगर्दा कर्मचारी अहिले वेतलवी विदामा बसेका छन्। यसले गर्दा अमेरिकाको अर्थतन्त्र कमजोर हुन गई सुरक्षित ठानेर लगानीकर्ताले लगानी बढाउँदा सुनको भाउ आकासिएको उनको भनाई छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँश ४१६८ डलर पुगेको छ। उक्त मूल्य चाँडै ४२ सय डलर पुग्ने र स्थानीय बजारमा सुनको मूल्य प्रतितोला साढे दुई लाख नाघ्ने अनुमान रहेको उनले बताए।

निरन्तर सुनको मूल्य बढ्न थालेपछि स्थानीय बजारमा सुनको कृत्रिम अभाव देखिएको छ। अहिले बजारमा सुन पाउन छाडेको महासंघका पूर्वअध्यक्ष शाक्यले नेपाल क्लिक्सलाई बताए। सुनको कालोबजारी हुँदा पनि सरकार र व्यवसायीले चासो नदेखाएको आरोप उनले लगाएका छन् । गत साता नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएपछि सुनको कालोबजारी हुन थालेको उनको भनाई छ। हाल वाणिज्य बैंकले दैनिक २० किलो आयात गर्दै आएकामा बढाएर २५ किलो बनाइएको छ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेर आयात गर्न सकिने सुनको दैनिक परिमाण २५ केजी बनाएको हो।

यस्तो सुन नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरूले मात्र आयात गर्न सक्नेछन्। बैंकहरूले १००, २०० र ५०० ग्रामसम्मका परिमाणमा सुन आयात गरी बिक्री वितरण गर्नुपर्ने व्यवस्था रहेको छ।

सुन खरिद गर्ने सुनचाँदी व्यवसायी संघहरूले तोक्ने खुद्रा मूल्य वाणिज्य बैंकहरूबाट खरिद भएको मूल्यमा ०.५० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ।

सुनचाँदी व्यवसाय गर्ने व्यवसायीले चाँदीका गरगहना, कलात्मक वस्तु आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा एकपटकमा तीन लाख डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ।

व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित: २०८२ असोज २८ गते मङ्गलबार १२:४०
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना