काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड बनाउँदै गएको छ। मंगलबार ८ हजार १०० रुपैयाँको उच्च वृद्धि भई प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँको कीर्तिमानी बनाएको सुनको मूल्य बुधबार प्रतितोला चार सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा दुई लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भैरहेको छ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले यसको असर स्थानीय बजारमा देखिरहेको हो। अहिले अमेरिकी संसदले बजेट पारित नगर्दा कर्मचारी अहिले बेतलवी विदामा बसेका छन्। यसले गर्दा अमेरिकाको अर्थतन्त्र कमजोर हुन गई सुरक्षित ठानेर लगानीकर्ताले लगानी बढाउँदा विश्वभर नै सुनको मूल्य बढिरहेको विज्ञहरू बताउँछन्।
बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला ८५ रुपैयाँ प्रतितोला तीन हजार २४० मा खरिदबिक्री भैरहेको छ।


