२०८३ कार्तिक २२ गते शनिवार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट, नेपालमा पनि भाउ घट्ने संकेत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ७
gold (5)

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ। गत मंगलबार प्रतिऔंस मूल्य ६.३ प्रतिशतले घटेर ४,०८२ अमेरिकी डलरमा पुगेको गोल्डप्राइस डटकमले उल्लेख गरेका छन्। यो सन् २०१३ अप्रिलयताकै एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो।

सोमबारसम्म प्रतिऔंस ४,३८१ डलरसम्म पुगेको सुनको मूल्य मंगलबार अकस्मात् झरेको हो। त्यसपछि पनि बजारमा निरन्तर उतारचढाव देखिएको छ। बुधबार बजार बन्द हुँदा प्रतिऔंस ४,०९७ डलरमा पुगेको सुन बिहीबार ४,०२६ डलर र शुक्रबार ४,०५६ डलरमा कारोबार भएको गोल्डप्राइस डटकमको तथ्यांकले देखाउँछन्।

सुनको मूल्यमा आएको यस्तो तीव्र गिरावट पछिल्लो समय अमेरिकी डलरको कमजोर स्थिति, सरकारी ऋण वृद्धि, र लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुन रोज्दै आएको प्रवृत्तिसँग सम्बन्धित मानिएको छ। डोनाल्ड ट्रम्पको व्यापार नीतिहरू र विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन भण्डारण गर्न थालेको कारणले अघिल्ला हप्तासम्म मूल्य निरन्तर बढ्दै गएको थियो।

नेपालमा पछिल्लो समय गत कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ तोकिएको थियो। त्यसयता सार्वजनिक बिदा परेकाले मूल्य अद्यावधिक भएको छैन भने आइतबार नयाँ मूल्य तोकिने छ।

विश्वबजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिनेछ। नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाअध्यक्ष धर्म सुन्दर बज्राचार्यले आइतबार विश्व बजारको प्रभावले नेपालमा सुनको मूल्यमा घट्न सक्ने बताएका छन्। बजार विश्लेषकहरूले सुनको मूल्यमा भारी गिरावट आउन सक्ने बताएका छन्।

प्रकाशित: २०८२ कार्तिक ७ गते शुक्रबार ०३:२४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना