काठमाडौँ: आइतबारदेखि बुधबारसम्म चार दिन नियमित घटेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ।
बुधबारसम्म चार दिनमा सुनको मूल्य १७ हजार २०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुन सोही मूल्यमा खरिद बिक्री भैरहेको छ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ। यसदिन चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ९६५ रुपैयाँमा कारोबार भैरहेको छ।


