२०८३ कार्तिक २२ गते शनिवार

बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानद्वारा २.६ अर्ब रुपैयाँ अनुदान सहायता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
BP Highway_ (19)
फाइल तस्बिर

काठमाडौँ: नेपाल सरकार र जापान सरकारबीच बीपी राजमार्गको बाढी तथा पहिरो प्रभावित खण्डहरूको पुनर्निर्माण एवं मर्मतसम्भारका लागि अनुदान सहायता सम्झौता सम्पन्न भएको छ। जापान सरकारले यस कार्यका लागि २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको सहयोग प्रदान गर्नेछ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहमा यो सम्झौतामा हस्ताक्षर भएको हो। समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थिति रहेको थियो।

महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म फैलिएको १५९ किलोमिटर लामो बीपी राजमार्ग जापानी अनुदान सहयोगमा नै निर्माण गरिएको थियो। गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण यस राजमार्गका विभिन्न भागहरूमा ठूलो क्षति पुगेको थियो, विशेषगरी रोशी नदी आसपासका केही खण्डहरू पूर्ण रूपमा बगाएका थिए।

क्षतिग्रस्त खण्डहरूको पुनर्निर्माण र दिगो मर्मतसम्भारका लागि जापान सरकारले यो महत्वपूर्ण आर्थिक सहायता उपलब्ध गराएको हो।

अनुदान सहायतासम्बन्धी ‘एक्स्चेन्ज अफ नोट्स’ मा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे। त्यसैगरी, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरे।

हस्ताक्षर समारोहपश्चात् अर्थमन्त्री खनाल, जापानी राजदूत तोरु माएदा र जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले आफ्ना भनाइहरू राखेका थिए।

अर्थमन्त्री खनालले जापान नेपालको विकासका लागि एक भरपर्दो साझेदार रहेको बताउँदै नेपालको आर्थिक-सामाजिक विकास र पूर्वाधार निर्माणमा जापानले पुऱ्याउँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनले हालको अनुदान सहायता नेपाल र जापानबीचको मैत्री सम्बन्ध र सहकार्यको अर्को महत्वपूर्ण उदाहरण भएकोमा जोड दिए।

जापानी राजदूतले यो अनुदान सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भागहरूलाई पुनः सञ्चालनमा ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गरे।

प्रकाशित: २०८२ कार्तिक १३ गते बिहिबार ०४:५७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना