काठमाडौँ: नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ। शुक्रबार सुन तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार हुँदैछ।
आइतबारदेखि बुधबारसम्म चार दिन नियमित घटेको सुनको मूल्य बिहीबार स्थिर रहेको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। यसदिन चाँदी तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको छ।


