२०८३ कार्तिक २२ गते शनिवार

जनताले सरकारलाई पत्याएनन्, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सवा ६ करोड मात्र संकलन

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, कार्तिक १६
artha_finance_mof ministry (6)

काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित, व्यवस्थापिका र न्यायापालिकालगायत धेरै सरकारी कार्यालयमा तोडफोड र आगजनी भयो। आगजनीले क्षति कति भयो अहिलेसम्म सरकारले अझै तथ्यांक संकलन गर्न सकेको छैन।

गत असोजको पहिलो साता सरकारले क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण थाल्न आर्थिक सहयोगका लागि आह्नवान गरेको थियो। त्यसबेला अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै पुनर्निमाणमा सहयोग गर्न सबैलाई अनुरोध गरेको थियो। मन्त्रालयले भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जनाएको छ।

सरकारले सहयोगको आह्वान गर्दा न्यून सहयोग मात्र प्राप्त गरेको छ। गत शुक्रबारसम्म सरकारले खडा गरेको कोषमा सवा ६ करोड रुपैयाँ मात्र जम्मा भएको छ। शुक्रबारसम्म ६ करोड २४ लाख रुपैयाँ मात्र जम्मा भएको अर्थ मन्त्रालयका प्रवत्ता तथा सहसचिव टंकप्रसाद पाण्डेले नेपाल क्लिक्सलाई बताए। उनले सोचेको भन्दा कम सहयोग आएको जानकारी दिए।

http://क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण र पुनरूत्थानका लागि सरकारले माग्यो आर्थिक सहयोग

कोषमा आर्थिक योगदान गर्न सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको छ। खातामा रकम जम्मा गर्न सरकारले अनुरोधसमेत गरेको छ।

आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यलाई तत्काल अघि बढाउन मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश, २०८२ जारी गरेको थियो। उक्त गठन आदेशले संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई अमूल्य योगदान गर्न अनुरोध गरेको थियो।

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रमा मात्रै ८० अर्ब रुपैयाँबराबर क्षति भएको अनुमान गरेको छ। यता बीमा कम्पनीमा निजी क्षेत्रबाट २३ अर्ब रुपैयाँ दाबी परेको छ। जसमा दुई अर्ब रुपैयाँ भुक्तानी भइसकेको बिमा कम्पनीले जानकारी दिएका छन्।

प्रकाशित: २०८२ कार्तिक १६ गते आईतबार ०५:२४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना