काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ इनर्जी लिमिटेडको आईपीओ (साधारण सेयर) सूचीकृत भएको छ। आज कात्तिक १७ गते, सोमबार उक्त कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ ।
कम्पनीका कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो। नेप्सेका अनुसार, पहिलो कारोबारका लागि माबिलुङ इनर्जी लिमिटेडलाई न्यूनतम १०५ रुपैयाँ ९० पैसा र अधिकतम ३१७ रुपैयाँ ७० पैसा सम्मको ओपनिङ रेञ्ज निर्धारण गरिएको छ।
उक्त रेञ्जको आधारमा कम्पनीको पहिलो सेयर कारोबार भोलि मंगलबार स्पेशल प्रि–ओपन सेसनमा हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा पनि कम्पनीको सेयर कारोबार सुरु हुने नेप्सेले जनाएको छ।
कम्पनीको ट्रेडिङ सिम्बोल (MABEL) रहनेछ।


