२०८३ कार्तिक २२ गते शनिवार

व्यापार गर्न तराईँबाट पहाड उक्लिइन्, बनिन् प्रेरणादायी उद्यमी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
Photo (7)

बाजुरा: दुर्गम जिल्ला बाजुराको सदरमुकाम मार्तडीमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘जेसिका स्टोर’ अहिले स्थानीय स्तरमा सबैभन्दा परिचित व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ। धनगढीकी बिनु भण्डारीले श्रीमानसँग मिलेर केवल ५० हजार रुपैयाँको सानो लगानीबाट सुरु गरेको यो पसल आज हजारौँ ग्राहकले भरिने केन्द्र बनेको छ।

सुरुमा केही थान दैनिक उपभोग्य वस्तु बेचेर सुरु गरिएको पसल अहिले खाद्य वस्तु, कस्मेटिक, भाँडाकुँडा, कपडा, चकलेट, बिस्कुट, पेय पदार्थदेखि केक र उपहारका सामग्रीसम्म पाइने बहुउद्देश्यीय पसल बनेको छ। एकै ठाउँमा सबै आवश्यक सामान पाउने भएकाले स्थानीय बासिन्दा र विद्यार्थीदेखि लिएर सरकारी कार्यालयका कर्मचारीसम्मले यही पसललाई प्राथमिकता दिन थालेका छन्।

भण्डारीका अनुसार, यो व्यवसाय सुरु गर्दा धेरै चुनौतीहरू थिए। उनले भनिन्,‘सुरुमा बजार सानो थियो, सामान ल्याउन सडक सुविधा थिएन, धेरैपटक घाटा पनि भयो। तर हामीले कहिल्यै हिम्मत हारेनौँ।’

उनका श्रीमान पनि यसै पसलमा सघाउँछन्। उनले थपिन्, ‘कुनै पनि काम सुरु गर्दा नाफा तुरुन्त आउँदैन। तर लगनशीलताले ढिलोचाँडो फल दिन्छ। हामीले पनि १२ वर्षको मिहिनेतपछि अहिले सफलता पाएका छौँ।’ उनी भन्छिन्, ‘व्यापारमा घाटा र नाफा दुबै हुन्छन्, तर निरन्तरता दिनु नै ठूलो कुरा हो।’

सुरुमा केवल सानो जस्ताको कोठामा सञ्चालन गरिएको जेसिका स्टोर अहिले दुईतले भवनमा विस्तार भइसकेको छ। पसलबाट उनीहरूले अहिले घरखर्चदेखि बचतसम्मको व्यवस्था गर्न थालेका छन्। भण्डारी अहिले सफल महिला उद्यमीको रूपमा चिनिन थालेकी छन्। उनी भन्छिन्, ‘पहिले न घाटा सहन सक्थ्यौँ, न डर हट्थ्यो, तर अहिले महसुस गर्छु, मिहिनेतले सबै सम्भव हुन्छ।’

उनी स्थानीय महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बनेकी छन्। उनीहरू पनि सानो व्यापार सुरु गर्नका लागि बिनु भण्डारीको सफलताको कथा सुन्छन् र उत्साहित हुन्छन्। धनगढीकी भएपनि बिनु भण्डारी अहिले बाजुरामै स्थायी रूपमा बसोबास गर्दै व्यवसाय गर्दैछिन्। उनले भनिन्, ‘धनगढी मेरो जन्मस्थान भए पनि अहिले बाजुरा नै आफ्नै गाउँजस्तो लाग्छ।’

दुर्गम क्षेत्रमा व्यापार सञ्चालन गर्न कठिनाइ छ। बाटो बिग्रँदा सामान आउन गाह्रो, ढुवानी खर्च धेरै, तर ती सबै कठिनाइ बीच पनि उनी अडिग छिन्। उनका अनुसार,‘यहाँका मानिसहरूसँग आत्मीयता छ, सहयोग गर्ने भावना छ। त्यसैले यो ठाउँ अहिले मसँग जोडिएको छ।’ बिनु भण्डारीले अरू व्यापारीहरूलाई पनि हौसला दिँदै भन्छिन्,‘व्यापार सुरु गरेपछि नाफा नहुन्जेलसम्म धैर्य गर्नुपर्छ। धेरैले बीचमा व्यापार छोड्छन्, त्यसैले असफल हुन्छन्। सफल हुन मिहिनेत, निरन्तरता र दृढ इच्छाशक्ति आवश्यक छ।’ उनी भन्छिन्, ‘व्यापार भनेको केवल पैसा कमाउने माध्यम होइन, जिम्मेवारी र विश्वासको यात्रा पनि हो।’

त्यसैगरी, उनी विदेश जान चाहने युवायुवतीलाई पनि सन्देश दिन्छिन,‘नेपालमै अवसरहरू छन्। मिहिनेत र लगनसाथ काम गर्न सके सफलता यहीँ सम्भव छ। विदेशिनु भन्दा आफ्नै देशमा केही सिर्जना गर्न पाउनु गर्वको कुरा हो।’

उनले थपिन्, ‘बाजुरा जस्तो दुर्गम ठाउँमा बसेर पनि हामीले सफल व्यापार गर्न सकेका छौँ भने, यो देशका जुनसुकै ठाउँमा पनि सम्भव छ।’
राजधानीदेखि टाढा र भौगोलिक कठिनाइबीच पनि ‘जेसिका स्टोर’ बाजुराको स्थानीय अर्थतन्त्रमा सशक्त योगदान दिइरहेको छ र बिनु आज प्रेरणादायी महिला उद्यमीका रूपमा उदाहरण बनेकी छिन्।

प्रकाशित: २०८२ कार्तिक १८ गते मङ्गलबार १२:००
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना