काठमाडौँ: एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले कात्तिक १९ गते बुधबारदेखि २३ गते आइतबारसम्म उक्त आईपीओ निष्काशन गर्ने भएको हो।
यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।
सर्वसाधारणका लागि कम्पनीले प्रतिशेयर १०० रुपियाँँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपियाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त शेयर ४ लाख ७ हजार ६ सय ९ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन्।
बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीयका लागि कुल दुई लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर जारी गरेको थियो। त्यस्तै, कम्पनीले चार लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले आफ्ना कर्मचारीहरुको लागि एक लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।


