काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीका हकप्रद सेयर सूचीकृत भएका छन्। मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका हकप्रद सेयर नेप्सेमा सूचीकरण भएका हुन्।
नेपाल इन्स्योरेन्स कम्पनीको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। सूचीकृत हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि बजारमा कारोबार गर्न सकिनेछ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई ४२ प्रतिशत हकप्रद सेयर जारी गरेको हो। नेप्सेमा सूचीकृत यी सेयरहरू पनि सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार योग्य हुनेछन्।


