२०८३ कार्तिक २२ गते शनिवार

देश–विदेशमा लोकप्रिय बन्दै म्याग्दीको टिमुर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २२
timur

म्याग्दी: मुस्ताङ र म्याग्दी घुम्न आएका झापाका राकेश स्याङताङ फर्कँदा बेनीको कोसेली घरबाट पाँच बट्टा टिमुरको चटनी लिएर गए। काभ्रेकी अनुस्का तामाङ पनि त्यहीँबाट टिमुरको धुलो किन्न बिर्सिइनन्। ‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो,’ अनुस्काले मुस्कुराउँदै भनिन्, ‘लेक लाग्दा औषधिको काम गर्छ र खानासँग मिसाउँदा स्वादिलो पनि हुन्छ।’

रमरम गर्ने स्वाद, शरीरलाई न्यानो बनाउने गुण र बास्नाले भरिएको टिमुर दालदेखि चटनीसम्मको मुख्य मसलाको रूपमा प्रयोग हुने गरेको छ। म्याग्दी भ्रमणमा आउने धेरैजसो पर्यटक र आन्तरिक यात्रीहरू यसलाई कोसेलीका रूपमा किनेर लैजान्छन्। बेनीकी उद्यमी मिना राम्जालीका अनुसार टिमुर हाल म्याग्दीको सबैभन्दा बढी माग हुने कोसेली वस्तु बनेको छ।

‘टिमुरको धुलो र चटनी सबैभन्दा बढी बिक्री हुने वस्तु हुन्,’ उनले भनिन्, ‘बहुउपयोगी भएकाले पर्यटकले अनिवार्य रूपमा किनेर लैजान्छन्।’

ग्रामीण किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूमा ल्याइन्छ। त्यहाँ उद्यमीहरूले प्रशोधन गरी धुलो र चटनीको रूपमा प्याक गरेर बिक्री गर्छन्। बट्टाको आकारअनुसार यसको मूल्य तोकिन्छ।

टिमुरको बजार अब म्याग्दीमा मात्र सीमित छैन। मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनका होटलहरूसँगै जापान, बेल्जियम, कोरिया र अमेरिकासम्म टिमुर पठाइने गरेको बेनी–९ तोरीपानीका टिमुर व्यवसायी सागर बानियाँ बताउँछन्। तोरीपानी, धावा, धुपीबोट र ढोलथानका करिब १५० परिवार अहिले व्यावसायिक रूपमा टिमुरखेतीमा संलग्न छन्। यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान छ।

डिभिजन वन कार्यालय म्याग्दीका तथ्याङ्कअनुसार अहिले जिल्लामा करिब २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको छ। वार्षिक उत्पादन करिब ६ मेट्रिक टनको हाराहारीमा छ।

वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार टिमुर औषधीय गुणले भरिएको मसलेदार फल हो। ‘यो उच्च रक्तचाप नियन्त्रणमा उपयोगी छ, कलेजो, दाँत र पाचन प्रणालीलाई सुदृढ बनाउँछ,’ उनले भने, ‘कलेजोसम्बन्धी रोग भएका बिरामीका लागि आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग हुन्छ।’

पहिले किसानले साउन–भदौमा टिमुर टिप्ने गर्थे, तर पछिल्ला वर्षहरूमा गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने चलन बढेको छ। यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढेको ढावाकी किसान जमुना राई बताउँछिन्।

‘पहिले घरकै बारमा रोपेको टिमुर अहिले आम्दानीको स्रोत बनेको छ,’ किसान नरबहादुर राई भन्छन्, ‘पाखो, कान्ला र खेतको छेउमा लगाएको टिमुरले घरखर्च चलाउन मद्दत गरेको छ।’ डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न संघ–संस्थाले बिरुवा वितरण गरेर टिमुरखेती विस्तारमा सहयोग गरिरहेका छन्। उद्योग वाणिज्य संघ म्याग्दीले पनि टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गरिरहेको छ।

प्रकाशित: २०८२ कार्तिक २२ गते शनिवार १२:४५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना