काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको शेयर सूचिकृत भएका छन्।
सोमबार बन्दीपुर केबलकार लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ। नेप्सेका अनुसार स्वस्तिक लघुवित्तका ५ लाख ७७ हजार ५०० कित्ता साधारण शेयर र बन्दीपुर केबलकारको २ करोड ८३ लाख कित्ता शेयर सूचिकृत भएका हुन्।
साथै, बन्दीपुर केबलकारको ओपनिङ रेञ्ज ९५.२४ रुपैयाँदेखि २८५.७२ रुपैयाँ सम्म तोकिएको छ भने स्वस्तिक लघुवित्तको ओपनिङ रेञ्ज १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँ तोकिएको छ। यी दुवै कम्पनीका शेयर भालीबाट दोस्रो बजारमा समेत कारोबार गर्न सकिने छ।


