२०८३ कार्तिक २२ गते शनिवार

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से: होटल, व्यापार र लगानी सूचक मात्रै बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २४
nepse_down1

काठमाडौँ: नेपाली शेयर बजार सोमबार पनि घट्ने क्रममा देखियो। लगातार तेस्रो कारोबार दिन नेप्से परिसूचकले गिरावट जारी राख्दै ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा बन्द भयो। सेन्सेटिभ इण्डेक्स १.०५ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले क्रमशः तल झरेका छन्।

बजारमा कुल ३२७ कम्पनीको ४० हजार ५९१ पटकको कारोबारमा ८६ लाख ४७ हजार कित्ता शेयरको खरिदबिक्री भएको छ, जसको कुल मूल्य ४ अर्ब ५१ करोड रुपैयाँ छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा केही कमी देखिएको छ।

सोमबार ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटाको मूल्य घटेको छ। होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूहका सूचक मात्रै हरियो देखिएका छन्। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६४ प्रतिशतले वृद्धि भएको छ भने लगानी र व्यापार सूचक क्रमशः ०.१० र ०.५५ प्रतिशतले बढेका छन्। बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।

यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नयाँ सूचीकृत कम्पनी दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीको शेयर सकारात्मक सर्किटमा पुगेका छन्। त्यस्तै, सिटी होटलको शेयर मूल्य करिब ९–१० प्रतिशतले बढेको छ।

मूल्य घटेका कम्पनीमध्ये उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। रुरु जलविद्युत् परियोजना ८.४५ प्रतिशत, धौलागिरि लघुवित्त ५.६६ प्रतिशत, उपकार लघुवित्त ५.६३ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्स ४.४३ प्रतिशतले क्रमशः घटेका छन्।

कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो स्थानमा रहेको छ। सो कम्पनीको शेयरमा ४८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। युनियन हाइड्रोपावरको कारोबार २५ करोड रुपैयाँ, एसबीएल डिबेञ्चर २४ करोड रुपैयाँ, राधी विद्युत् १७ करोड र शिवम् सिमेन्ट १५ करोड रुपैयाँको कारोबारमा रहेको छ।

नेप्सेमा लगातार घटबढ भइरहे पनि होटल, लगानी र व्यापार उपसमूहले मात्र सकारात्मक गति देखाएका छन्, बाँकी सबै उपसमूह निरन्तर दबावमा रहे।

प्रकाशित: २०८२ कार्तिक २४ गते सोमबार ०३:२६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना