२०८३ कार्तिक २२ गते शनिवार

डाबर र पतञ्जलीलाई ५०० टन मह आयात अनुमति दिएपछि कृषकले मन्त्रीलाई बुझाए ज्ञापनपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २५
579111133_1574287587091080_4994893491270256228_n

काठमाडौँ: नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात खुलाएकामा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासंघले कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई ज्ञापनपत्र बुझाएका छ।

मन्त्रालयमै पुगेर महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले तत्काल मह आयात रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

नेपाली मह उत्पादनको मौसम सुरु भएका बेला नेपाली मह खरिदको व्यवस्था मिलाउनुपर्नेमा आयात गर्न दिँदा नेपाली मौरीपालक किसान पलायन हुने भन्दै निवर्तमान अध्यक्ष पौडेलले तत्काल निर्णय फिर्ता लिएर महको बजारीकरणमा उचित निर्णय लिन मन्त्री परियारको ध्यानाकर्षण गराएका छन्।

सो क्रममा मौरीपालक किसानहरुले महको आयात रोक्न, आयातित महमा भन्सार बढाउनेसहित किसानका लागि कर्जा सहुलियत, भरपर्दो बिमाको व्यवस्था, सिँचाइका लागि बिजुलीमा सहुलियतलगायतका माग पनि राखेका छन्।

गत असोज २७ गते बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, पतञ्जलीका प्रतिनिधिलगायत केही किसान प्रतिनिधिसहितसँग मन्त्री परियारले छलफल गरी मह आयात गर्न दिने निर्णय गरेका थिए।

सो क्रममा कृषिमन्त्री परियारले पूर्वसहमति अनुसार नै एक पटकका लागि मह आयात गर्न दिइएको जानकारी दिँदै आगामी दिनमा महासंघका प्रतिनिधिसहितको छलफलपछि मात्रै निर्णय लिने आश्वासन र्दिए।

मन्त्री परियारले बहुराष्ट्रिय कम्पनीलाई ५०० टन कच्चा मह आयात गर्न दिने, जुन हरेक पटकमा १२५ टनका दरले आयात गर्ने र १०० टन नेपाली मौरीपालक किसानबाट लिने पूर्वसहमति रहेकाले आयात दिन सहमति जनाएको जानकारी दिएका छन।

उक्त दिन डाबर नेपाललाई पहिलो चरणमा १२५ र पतञ्जलीलाई ४० टन मह आयात गर्न दिने निर्णय भएको थियो।

मन्त्री परियारले तोरीको महको गुणस्तर राम्रो नभएकाले लिन नसक्ने बहुराष्ट्रिय कम्पनीले बताएका पनि जानकारी दिए। किसानहरुले भने तोरीको महका विषयमा लगाएको आरोप गलत भएको प्रतिक्रिया दिएका थिए। सो क्रममा मन्त्री परियारले आफ्नो आग्रहमा थप १० टन नेपाली तोरीको मह लिन सहमति गराएको पनि जानकारी दिए।

मन्त्री परियारले महको अवस्था के छ भनि पत्ता लगाउन समिति गठन गरिएको र त्यसले काम गरिरहेको बताउनुभयो । सो प्रतिवेदनका आधारमा आयात गर्न दिने की नदिने भनेर निर्णय हुने उनको भनाइ छ ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले किसानका प्रतिनिधिकै रोहवरमा मह आयातको निर्णय गरिएको जानकारी दिँदै अब महासंघकै प्रतिनिधिको रोहबरमा अर्को पटक निर्णय हुने जानकारी दिए।

प्रकाशित: २०८२ कार्तिक २५ गते मङ्गलबार ०८:११
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना