काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोलु हाइड्रोपावर लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको छ।
बोर्डले कम्पनीलाई कार्तिक २४ गते आईपीओ निष्काशनको स्वीकृति प्रदान गरेको हो। उक्त स्वीकृतिअनुसार कम्पनीले २ करोड कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। प्रत्येक शेयरको मूल्य रु. १०० तोकिएको छ।
सोलु हाईड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले वहन गर्नेछन्।
स्वीकृति पाएसँगै कम्पनीले अब आईपीओ निष्काशन गर्नेछ ।


