काठमाडौँ: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नोट छाप्नको लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा रितपूर्वक आवेदन मध्ये न्यून मूल्यमा बोलपत्र पेश गर्ने चिनियाँ कम्पनी छनोट भएका थियो।
केन्द्रीय बैंकको पूर्वयोग्यता पूरा गरेको ६ वटा कम्पनी प्रतिस्पर्धामा सहभागी हुन पाउनेमा उक्त नियाँ कम्पनीले टेन्डर हात पारेको हो। ५० रुपैयाँ दरको ४२ करोड थान नोट छपाई डिजाईन तथा आपूर्तिका लागि उक्त कम्पनीसँग सम्झौत भएको केन्द्रीय बैंकले जनाएको छ।
५० रुपैयाँ दरको ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर ९करिब १ अर्ब ४८ करोड० मा सम्झौता भएको केन्द्रीय बैंकले जनाएको।


