काठमाडौँ: नेपाली बजारमा बिहीबार सुनको मूल्य अढाई लाख रूपैयाँ नाघेको छ। यसदिन सुन तोलामा ५ हजार ९०० रूपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार २०० रूपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १७० रूपैयाँ बढेर प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भैरहेको छ।


