काठमाडौँ: चालू आर्थिक वर्षको तीन महिनामा शोधनान्तर दुई खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ थियो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ८८ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ बचतमा रहेको थियो।
अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोड बचतमा रहेको छ।


