काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ठूलो धन र जनको क्षति भयो। जेनजी आन्दोलबाट निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। जेनजी आन्दोलनपछि पनि मुलुकको वाह्य स्थिती राम्रो देखिए पनि आन्तरिक अवस्थामा सुधार आउन सकेको छैन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थितीमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले मुद्रास्पितीलाई ५.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ। कुल विदेशी विनिमय सञ्चिति विदेशी विनिमय सञ्चिती ११.३ प्रतिशत बढेर २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा उक्त सञ्चिति अमेरिकी डलरमा यस्तो सञ्चिति ८.७ प्रतिशत बढेर २१ अर्ब २१ करोड पुगेको छ। यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। राष्ट्र बैंकले न्यूनतम सात महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी विनिमय सञ्चिती कायम गर्ने योजना भन्दा धेरै भएको छ।
यस्तै चालू खाता दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर दुई खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ बचतमा रहेको छ।
यसैगरी विप्रेषण आप्रवाह ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको असोज महिनाको विप्रेषण आप्रवाह दुई खर्ब एक अर्ब २२ करोड प्राप्त भएको छ ।
निर्यात व्यापार ८९.६ बढ्दा आयात १९.८ प्रतिशतले बढेको छ।
सरकारको खर्च खर्ब ६४ अर्ब ५९ करोड र राजस्व परिचालन दुई खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ रहेको छ। विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशत बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशत बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.८५ र कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत रहेको छ। कर्जा प्रवाह बढ्न सकेको छैन्। कर्जा प्रवाह बढ्न नसक्दा निक्षेप थुप्रिएको छ।


