बागमती। बागमती प्रदेश सरकारको पुँजीगत खर्चको अवस्था कमजोर देखिएको छ। प्रदेश सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन।
चालू आर्थिक वर्षको चार महिनामा कुल बजेटको ७.२७ प्रतिशत मात्र खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेट ल्याएको छ । गत कात्तिकसम्म चार अर्ब ९० करोड ३५ लाख रुपैयाँ मात्र खर्च भएको छ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २०.९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६.९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६.३७ प्रतिशत बजेट खर्च गरेको छ।
सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत बजेट खर्च गरेको छ।


