२०८३ साउन १२ गते मङ्गलबार

दोर्दीखोला जलविद्युत कम्पनीले म्याग्दी ए आयोजना बनाउँदै, लाइसेन्स दिन विभागको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ८
dordi_khola

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले ३० मेगावाटको म्याग्दी खोला ए जलविद्युत आयोजना बनाउने भएको छ।

आयोजनाबाट बिजुली उत्पादन गर्न कम्पनीले विद्युत विकास विभागमा इजाजत (लाइसेन्स) का लागि आवेदन दिएको छ।

विभागले आगामी ३५ दिनपछि कम्पनीलाई म्याग्दी खोल ए जलविद्युत आयोजन बनाउन लाइसेन्स दिनेछ।

कम्पनीले १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। म्याग्दी ए आयोजना सम्पन्न भएपछि जडित क्षमता ४२ मेगावाट पुग्नेछ।

प्रस्तावित आयोजना आगामी २०८४ जेठमा सक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

आयोजनाबाट वार्षिक १७ करोड ७० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन प्रतिवेदन तयार भइसकेको छ।

प्रस्तावित आयोजना गण्डकी प्रदेशको धौलागिरी गाउँपालिकामा रहेको म्याग्दी खोलाको पानीलाई उपयोग गर्ने भएको छ। आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको रहेको छ।

आयोजनाको सम्पूर्ण संरचनाहरु धौलागीरी गाउँपालिकमा म्याग्दी खोलाको दायाँ किनारमा रहने भएका छन्।

विद्युत उत्पादनको लागि म्याग्दी खोलाको पानी फर्काउन बनाइने बाँधको कूल लम्बाई १५ मिटर र उचाई ८ मिटरको हुनेछ।

प्रत्येक युनिट १५ मेगावाटका दुईवटा थ्रि फेज जेनेरेटरमार्फत ३० मेगावाट विद्युत उत्पादन गरिनेछ। आयोजनाबाट उत्पादन हुने विद्युत २५ किलोमिटर लामो प्रसारण लाईनमार्फत नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाईनमा प्रवाह गरिनेछ।

दोर्दीखोला जलविद्युत कम्पनी २०६६ मा स्थापित विद्युत उत्पादन गर्ने संस्था हो।

 

 

प्रकाशित: २०८२ मङ्सिर ८ गते सोमबार ०८:१९
प्रतिक्रिया

थप समाचार

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुँने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अद्यावधिक गर्नुपर्ने, नगरे के हुन्छ?

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकले पनि सोही अवधिभित्र आफ्नो वालेट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।

आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता ‘मिसन मोड’मा फुकाउनुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन्। बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष...

कच्चा तेलसँगै डलरको ग्राफ लाग्यो उकालो, महंगी बढाउँदै

काठमाडौं। विश्व बजारमा कच्चा तेलसँगै अमेरिकी डलरको मूल्य ग्राफ पुनः उकालो लागेको छ। पश्चिम एसियामा अमेरिका र इरानबीच पुनः युद्ध सुरु भएपछि तेल आपूर्तिमा अवरोध आउँदो ब्यारेलको १०० डलर माथि...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना