२०८३ कार्तिक २० गते बिहिबार

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरिय बैठकः सुनकोसी–३ जलासय बनाउन संयुक्त लगानी सम्झौता गर्ने सहमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ११
nepal_bangladesh_1

काठमाडौं। प्रस्तावित ६८३ मेगावाटको सुनकोसी–३ जलासय जलविद्युत आयोजना बनाउन संयुक्त लगानी सम्झौता (जेभीए) हुने भएको छ। आयोजना बनाउन आवश्यक लगानी प्रक्रियामा अघि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने भएको छ।

बंगलादेशमा सम्पन्न सचिवस्तरिय संयुक्त निर्देशक समितिको (जेएससी) को सातौं वैठकले सुनकोसीको जेभीए टुङाउने निर्णय गरेको हो।

उक्त समितिले लगानी प्रक्रिया अघि बढाई जेभीए छिटो टुंग्याउन सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवत्ता सन्दीपकुमार देवले जानकारी दिए।

यस्तै गत वर्ष असोजमा सम्पन्न जेएससी बैठकले जेभी कम्पनी बनाउने सहमति गरेको थियो।

नेपाल बंगलादेश ऊर्जा सचिवस्तरिय संयुक्त निर्देशक समितिको छैठौं बैठकले नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापनासम्बन्धी संयुक्त उपक्रम सम्झौता अर्को बैठकअघि टुंगो लगाउने सहमति भएको थियो।

प्रस्तावित आयोजना नेपाल, बंगलादेश र भारतको संयुक्त लगानीमा बनाउने यसअघि नै निर्णय भएको छ। यस्तै नेपाल र बंगलादेशबीचको विद्युत व्यापारका लागि बन्ने अन्तरदेशिय (क्रसबोर्डर) प्रसारण लाइनको आर्थिक एवम प्राविधिक पक्षको अध्ययन गर्ने सहमति भएको छ।

यसअघि २०८० जेठको पहिलो साता बंगलादेशको ढाकामा बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकमा सुनकोसी–३ आयोजनाको निर्माण गर्ने र यसका लागि आउँदो ६ महिनाभित्र विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रममा हस्ताक्षर गर्न सहमति भएको थियो।

सुनकोसी–३ काभ्रेपलाञ्चोक र रामेछापको सिमानामा पहिचान भएको जलाशययुक्त आयोजना हो। यसको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर (२ खर्ब रुपैयाँ बढी) लाग्ने अनुमान गरिएको छ।

प्रस्तावित आयोजनाबाट वार्षिक दुई अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ।

विपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध बनाई नदीलाई थुनेर बिजुली उत्पादन गर्ने योजना छ।

आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ। जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ।

विद्युत प्राधिकरणले तयार पारेको वातावरणीय प्रतिवेदन(इआइए) अनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने देखिएको छ। आयोजनाबाट ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्नेछ।

यसका लागि ३ हजार ३०० हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ भने ६५५ हेक्टर वन क्षेत्रको जग्गा पर्नेछ। आयोजनाबाट ११ हजार ७०० जनसंख्या विस्थापित हुने देखिएको छ।

बैठकले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा भारतको सहमति लिन दुवै देशले संयुक्तरूपमा प्रयास गर्ने सहमति भएको छ।

 

प्रकाशित: २०८२ मङ्सिर ११ गते बिहिबार ०३:०५
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना