२०८३ कार्तिक २० गते बिहिबार

जलविद्युतमा लगानी बढाउँदै युनिभर्सल पावर कम्पनी, माथिल्लो इङखुखोला आयोजना बनाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १२
univer

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत युनिभर्सल पावर कम्पनी लिमिटेडले नयाँ आयोजनामा लगानी गरेको छ। कम्पनीले २४.२२ मेगावाटको माथिल्लो इङखु खोला जलविद्युत आयोजना बनाउन लागेको हो।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) को प्रकृयामा रहेको छ। विद्युत विकास विभागसँग विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) को प्रकृयामा रहेको युनिभर्सलले जनाएको छ।

प्रस्तावित आयोजना सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका वडा नम्बर ७ र सोताङ गाउँपालिका वडा नम्बर २ मा पर्छ। इङखु खोलामा २९ मिटर लामो पानी संकलन गर्ने संरचना निर्माण गरेर २९ सय ५० मिटर लामो सुरुङ हुँदै सोही खोलाको दाया किनारामा भूमिगत विद्युतगृह निर्माण गरी बिजुली उत्पादनको प्रस्ताव गरिएको छ।

युनिभर्सल पावरले लगानी गरेको राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडद्वारा प्रवद्र्धित पाँच मेगाावाटको रूकुमगाड जलविद्युत आयोजनाबाट विद्युतको व्यापारीक उत्पादन शुरू भईसकेको छ। राप्ती हाइड्रो नेप्सेमा सूचिकृत भइसकेको छ।

युनिभर्सलले दोलखामा ११ मेगावाटको खारेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

युनिभर्सलले चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा पाँच करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको छ। तीन महिनामा युनिभर्सलले बिजुली बेचेर युनिभर्सलले नौ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ।

गत साउन २३ मा अविरल वर्षापछि आएको बढीले आयोजनाको हेडवक्र्समा क्षति गराउँदा १२ दिन पूर्ण रुपमा बिजुली उत्पादन बन्द भएको युनिभर्सलले जनाएको छ। कम्पनीको चुक्ता पुँजी दुई अर्ब २८ करोड रुपैयाँ छ। जगेडा कोष तथा सञ्चित नाफा ३३ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीले जानाएको छ।

हाल युनिभर्सलको प्रतिसेयर आम्दानी ९.४० र प्रतिसेयर नेटवर्थ ११४.७६ रुपैयाँ रहेको छ।

 

प्रकाशित: २०८२ मङ्सिर १२ गते शुक्रबार ११:४७
प्रतिक्रिया

थप समाचार

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना