काठमाडौँ: बूढीगण्डकी नदीमा धमाधम ठूला जलविद्युत आयोजना निर्माण भइरहेका छन्। १२ सय मेगावाटको बूढीगण्डकीका साथै ३४१ मेगावाटको बूढीगण्डकी आयोजना निर्माणकफ तयारीमा छन्। यस्तै नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले ३२९ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र ‘ख’ आयोजना बनाउन लागेको छ।
जसअनुसार क आयोजना १०३.४ मेगावाट क्षमताको हुने छ भने ख आयोथना २२६ मेगावाटको हुने कम्पनीले जनाएको छ। बूढीगण्डकीमा दुबै जलविद्युत आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए। दुई आयोजना ५६ अर्ब ९९ करोड रुपैयाँ लाग्ने देखिएको छ। बूढीगण्डकी ‘क’ अन्तरगत, धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युतगृह निर्माण गर्ने योजना कम्पनीको छ।
आयोजना नदी प्रवाही (रन अफ द रिभर) प््रकृतिको हुनेछ। १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए। आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२.७ किलोमिटर प्रसारण लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ।
२२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ। त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत्गृहमा विद्युत् उत्पादन गरिनेछ्। रन अफ द रिभर प्रकृतिको आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले जानकारी दिए।
यी दुवै आयोजनाको वातावरणाीय प्रभाव मूल्यांकन (इआइए) र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ। आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ।
आयोजनाबाट उत्पादन हुने बिजुली साढे १८ किलोमिटर दुरीमा रहेको धादिङको लापास्थित सवस्टेशनमा जोडिने भएको छ।


