काठमाडौँ: क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा नेपालमा जिली ईएक्स फाइभ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले २ लाख रुपैयाँसम्मको नगद छुटसहित आकर्षक लाभ समेटिएको ‘ईएक्स फाइभ सेलेन्ट बोनान्जा’ बिक्री प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।
एलआरआर मोटर्सले जिली ईएक्स फाइभ सिरिजका विद्युतीय गाडीमा सीमित अवधिको विशेष सेल्स अफर घोषणा गरेको हो। कम्पनीका अनुसार यो योजना डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ सम्म लागू हुनेछ, जसअन्तर्गत जिली ईएक्स फाइभ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकहरूले विभिन्न प्रत्यक्ष तथा अनुभवजन्य लाभहरू प्राप्त गर्नेछन्।
योजनाअनुसार जिली ईएक्स फाइभ बुक गर्ने ग्राहकलाई अधिकतम २ लाख रुपैयाँसम्मको प्रत्यक्ष नगद छुट प्रदान गरिनेछ। साथै, दुई जनाका लागि रुपाकोट रिसोर्टमा २ दिन १ रातको निःशुल्क बसोबास प्याकेजसमेत उपलब्ध गराइनेछ।
कम्पनीले यस अफरमा निःशुल्क एक्सेसरी र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स पनि समावेश गरेको जनाएको छ। ग्राहक सुविधालाई थप सहज बनाउन गैरिधारास्थित शोरूमबाट प्रयोगमा रहेका सवारीसाधनको अन–द–स्पट मूल्यांकन सुविधा पनि उपलब्ध गराइनेछ, जसले पुरानो गाडी साटेर जिली ईएक्स फाइभमा अपग्रेड गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
योजना अवधिमा टेस्ट ड्राइभ गर्ने सम्भावित ग्राहकहरूका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ। यसले जिली ईएक्स फाइभ सिरिजका उन्नत प्रविधि, सुविधा र कार्यक्षमता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।
एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार, पर्व र नयाँ वर्षको अवसरमा ग्राहकहरूसँग अझ नजिक जोडिन यो योजना ल्याइएको हो। “यस सीमित अवधिको अफरमार्फत हामी नगद लाभ, स्वामित्व लागतमा सहयोग र अनुभवजन्य पुरस्कारमार्फत ग्राहकलाई अर्थपूर्ण मूल्य प्रदान गर्न चाहन्छौं,” उनले भने, “दिगो यातायाततर्फ नेपालको रूपान्तरणमा एलआरआर मोटर्स निरन्तर प्रतिबद्ध छ।”
जिली ईएक्स फाइभ म्याक्स र प्रो दुवै मोडलले आधुनिक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा इन्टेलिजेन्ट फिचरमा जिलीका नवीनतम प्रविधिहरू समेटेका छन्। कम्पनीका अनुसार यी गाडीहरूले नेपालमा बढ्दो दिगो र प्रिमियम विद्युतीय मोबिलिटीको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेका छन्।


