२०८३ कार्तिक १५ गते शनिवार

नेपालको राजनीति र कुरुक्षेत्रको क्षण

 |  दिव्येश गिरी
Sanket

दिव्येश गिरी

काठमाडौँ, पुस १२
607153101_1868004177408543_297146864661442270_n

महाभारतका दुई पात्र सधैं मेरो मनमा रहिरहे, युयुत्सु र विकर्ण।

दुवै कौरव थिए।
दुवै विवेकी थिए।
र, दुवै धर्ममा विश्वास राख्थे।

दुर्योधनकै भाइ विकर्णले जुवाको सभामा द्रौपदीमाथि भइरहेको अन्यायविरुद्ध आवाज उठाएका थिए। उनले त्यस घटनाको वैधानिकता र नैतिकतामाथि प्रश्न उठाए, जब सम्पूर्ण सभा मौन थियो। तर कुरुक्षेत्रको युद्ध सुरु हुँदा उनले अन्ततः कौरव पक्ष नै रोजे। गलत ठानेको पक्षको पक्षमा लड्दै उनी भीमको हातबाट मारिए।

युयुत्सुले भने फरक निर्णय गरे। निर्णायक घडीमा उनले कौरव छोडे र पाण्डव पक्ष रोजे। सजिलो भएर होइन। सुरक्षित भएर होइन। तर रगत, पद र सुविधा भन्दा धर्म ठूलो ठानेर।

महाभारतले एउटा असहज सत्य देखाउँछ, अन्यायविरुद्ध बोल्नु मात्र पर्याप्त हुँदैन। अन्तिम निर्णय नै निर्णायक हुन्छ।

आज नेपालको राजनीति पनि आफ्नै कुरुक्षेत्रको मोडमा आइपुगेको छ।  एकातिर कांग्रेस र एमालेजस्ता पुराना सत्ताकेन्द्र छन्, जहाँ देउवा र ओलीको सहकार्य विचारभन्दा बढी सत्ताको संरक्षणबाट निर्देशित देखिन्छ। अर्कोतिर वैकल्पिक शक्तिहरू छन्—पूर्ण नभए पनि परिवर्तन, जवाफदेहिता र सार्वजनिक जीवनको गरिमाको मागबाट प्रेरित।

यस्ता मोडमा इतिहासले आफ्नै युयुत्सु र विकर्ण जन्माउँछ।

पुराना संरचनाभित्र बसेर भ्रष्टाचारको विरोध गर्ने, गलत निर्णयको प्रतिरोध गर्ने र सुधारको पक्षमा बोल्ने नेताहरूले अब निर्णय गर्नुपर्ने समय आएको छ। के उनीहरू निष्ठाको नाममा भित्रै बसिरहने छन् र एक जर्जर संरचनासँगै पिसिने छन्? कि बाहिर निस्केर त्याग स्वीकार्दै जनताको पक्षमा उभिने छन्?

बलरामझैँ तीर्थयात्रामा निस्किएर युद्ध टार्नु नेतृत्व होइन। नैतिक द्वन्द्वको समयमा मौनता र तटस्थता पनि निर्णय नै हो। यो महत्वाकांक्षाको कुरा होइन। यो साहसको कुरा हो।

गगन थापा, विश्वप्रकाश शर्मा र योगेश भट्टराईजस्ता नेताहरूले गहिरो आत्ममन्थन गर्नुपर्ने बेला यही हो। इतिहासले उनीहरूलाई पार्टी बैठकभित्रका भाषणबाट होइन, निर्णायक क्षणमा कुन पक्ष रोजे भन्ने आधारमा मूल्यांकन गर्नेछ।

महाभारतले सम्झाउँछ– धर्म सधैं कुर्दैन। युद्ध सुरु भएपछि उभिने ठाउँ रोज्नैपर्छ।

प्रकाशित: २०८२ पुस १२ गते शनिवार ०२:४१
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना