२०८३ कार्तिक २६ गते बुधबार

पोखरा र समृद्धि फाइनान्सको स्वाप रेसियो तय, समान हैसियतमा मर्जमा जाने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
samriddhi_pokhara

काठमाडौं। पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड समान हैसियतमा एकआपसमा विलय (मर्ज) हुने भएका छन्। दुबै फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनले एक बराबर एक अनुपात निर्धारण गरेपछि पोखरा र समुद्धि मर्जमा जाने पक्का भएको हो। संयुक्त मर्जर समितिले सेयर अनुपात (स्पाप रेसियो) अनुमोदन गरेको छ।

गत भदौ ४ मा दुई फाइनान्सबीच मर्जमा जान एमओयू भएको थियो। गत असोज अन्तिम साता नेपाल राष्ट्र बैंकले मर्ज प्रक्रिया अघि बढाउन सर्तसहित आशयपत्र (एलओआई) दिएको थियो।

समृद्धि फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको सञ्चालक समिति बैठकले डीडीएपछि आएको सेयर अनुपातलाई अनुमोदन गरी आउँदो माघ १४ गते साधारणसभा बोलाएको छ। सभाबाट पारित भएपछि मर्जको प्रक्रिया अघि बढ्ने छ।

समृद्धिको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ छ। हाल पोखरा फाइनान्सको चुक्तापुँजी एक अर्ब आठ करोड २५ लाख रुपैयाँ छ। समृद्धिको ८१ करोड ८९ लाख रुपैयाँ छ।

राष्ट्र बैंकले दुबै फाइनान्सलाई तीन महिनाभित्र विशेष साधारणसभाबाट विशेष प्रस्ताव पारित गर्नुका साथै आवश्यक सबै प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति दिने भनेको थियो।

पोखरा र समृद्धिलाई मर्जमा जान राष्ट्र बैंकले दियो आशयपत्र, तीन महिनाभित्र साधारणसभा गर्नुपर्ने

दुबै फाइनान्सको वित्तीय अवस्था नाजुक भएपछि विकल्पको रुपमा मर्जमा जान लागेका हुन्। मर्जमा गएपछि फाइनान्सको वित्तीय स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ।

यसअघि गत साउनको पहिलो साता दुई संस्था मर्जमा जाने विषयमा प्रारम्भिक सम्झौता भएको थियो।

राष्ट्र बैंकले फाइनान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ तोकेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पोखरा फाइनान्सले सात करोड १९ लाख रुपैयाँ खुदनाफा गरेको छ। फोखरा फाइनान्सको सञ्चित कोष (रिजर्भ) आकार एक अर्ब आठ करोड रुपैयाँ छ भने उसको प्रतिसेयर आम्दानी ८.८७ रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

समृद्धि तीन करोड ५७ लाख रुपैयाँ नोक्सानमा छ। समृद्धिको रिजर्भ २५ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। पोखराको तुलनामा समृद्धिको वित्तीय अवस्था कमजोर देखिएको छ।

समृद्धिको प्रतिसेयर आम्दानी ४.३६ रुपैयाँ ऋणात्मक छ। उसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

प्रकाशित: २०८२ पुस २१ गते सोमबार १०:३१
प्रतिक्रिया

थप समाचार

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना