२०८३ साउन १३ गते बुधबार

जलविद्युत कम्पनीको एजीएममा कोरमको समस्याः राधीको स्थगित, दोर्दी जलविद्युत कम्पनीले फेरि बोलायो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २२
New Project (54)

काठमाडौं। पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरूको वार्षिक साधारणसभा (एजीएम) मा गणपूरक संख्या (कोरम) नपुग्दा स्थगित हुने क्रम बढ्दै गएको छ।

विशेषगरी आयोजना सञ्चालनमा आएको तीन वर्षपछि लकइन अवधि खुलेसँगै जलविद्युत कम्पनीहरुमा यस्तो समस्या देखिन थालेको हो।

लकइन अवधि समाप्त भएपछि संस्थापक तथा प्राथमिक लगानीकर्ताका सबै शेयर साधारण शेयरमा परिणत हुन्छन्। यसपछि ठूला संस्थापक शेयरधनीहरूले शेयर बिक्री गरेर बाहिरिने र ती शेयर हजारौँ साना शेयरधनीमा बाँडिने प्रवृत्ति बढेको छ। यही कारण आवश्यक कोरम पुर्‍याउन कठिन भइरहेको जानकारहरूको भनाइ छ।

संस्थापक शेयरधनीहरूले शेयर बिक्री गरेर बाहिरिनु, एकैदिन धेरै कम्पनीको साधारणसभा पर्नु, साना शेयरधनीको संख्या अत्यधिक हुनु तथा एजेन्डा खासै आकर्षक नहुनुजस्ता कारणले शेयरधनीको उपस्थिति कमजोर हुँदै गएको देखिन्छ।

यो समस्या नयाँ नभइ पछिल्ला केही वर्षदेखि निरन्तर देखिँदै आएको हो। गत वर्ष पनि धेरै कम्पनीहरूले गणपूरक संख्या नपुग्दा एजीएम स्थगित गरेका थिए। यही क्रम यस वर्ष पनि दोहोरिएको छ।

यसै क्रममा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुस २१ गतेका लागि बोलाएको वार्षिक साधारणसभा कोरम नपुगेकाले स्थगित गरेको थियो। कम्पनीले पुस २९ गतेका लागि पुनः साधारणसभा बोलाएको छ। त्यस्तै, राधी विद्युत कम्पनी लिमिटेडले पनि आज (पुस २२ गते) का लागि बोलाएको साधारणसभा गणपूरक संख्या नपुगेकाले स्थगित गरेको छ।

कम्पनीले जारी गरेको सूचनामा कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावलीबमोजिम आवश्यक शेयरधनीको उपस्थिति नपुगेकाले सभाको कामकारबाही अघि बढाउन नसकिएको उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, “पुस २२, २०८२ मा हुने भनी बोलाइएको यस कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारणसभा कम्पनी ऐन २०६३ तथा यस कम्पनीको नियमावलीबमोजिमको गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको जानकारी गराइन्छ।”

यस विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले एकैदिन धेरै कम्पनीको साधारणसभा पर्नु र साना शेयरधनीको बाहुल्य मुख्य कारण जलविद्युत कम्पनीहरूको एजीएममा शेयरधनीको उपस्थिति न्यून भएको बताए।

जलविद्युत कम्पनीको एजीएम स्थगित हुने क्रम बढ्दो, लकइन पिरियडले कोरम नपुग्ने समस्या

‘यदि एजेन्डा एकदमै ठूला र शेयरधनीको प्रत्यक्ष हितसँग जोडिएका भए उपस्थिति बढ्थ्यो। अहिले धेरैजसो कम्पनीमा साना शेयरधनीको संख्या अत्यधिक छ। त्यसमाथि एकैदिन धेरै कम्पनीको एजीएम पर्नुले लगानीकर्ताको उपस्थिति कमजोर भएको हो,’ उनले नेपाल क्लिक्ससँग भने।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले लकइन अवधि खुलेपछि हाइड्रो क्षेत्रमा यस्तो परिस्थिति देखिने गरेको बताए। ‘लकइन अवधिसम्म ठूला संस्थापक शेयरधनी हुन्छन्, उनीहरूको उपस्थिति हुन्छ र साधारण सभा सजिलै सम्पन्न हुन्छ। तर लकइन अवधि खुलेपछि ठूला शेयरधनीले शेयर बेचेर बाहिरिन्छन्। एउटा ठूला शेयरधनीको शेयर हजारौँ साना शेयरधनीमा बाँडिन्छ।

त्यसपछि आवश्यक कोरम पुर्याउन हजारौँ शेयरधनी उपस्थित हुनुपर्ने अवस्था आउँछ, जुन व्यवहारिक रूपमा सम्भव हुँदैन,’ उनले भने। गत वर्ष नेशनलले कोरम नपुगेपछि दुई पटक एजिएम स्थगन गरेको थियो। कम्पनीले यो वर्ष एजीएमको मिति सार्वजनिक गरेको छैन्।

कम्पनी ऐन २०६३ अनुसार वार्षिक साधारणसभा गर्न बोलाइएको सभामा कम्तीमा ५१ प्रतिशत शेयर प्रतिनिधित्व हुनुपर्छ। उक्त गणपूरक संख्या नपुगेमा सभा स्थगित हुन्छ र कम्तीमा सात दिनको सूचना दिएर पुनः सभा बोलाउनुपर्ने व्यवस्था छ।

स्थगित सभामा भने कम्तीमा २५ प्रतिशत शेयर प्रतिनिधित्व हुने गरी शेयरधनी स्वयं वा प्रतिनिधिमार्फत् उपस्थित भएमा सभा गर्न सकिने कानुनी व्यवस्था छ। पछिल्लो समय यही प्रावधानका कारण धेरै जलविद्युत कम्पनीका एजीएम स्थगित हुने क्रम बढ्दै गएको छ।

प्रकाशित: २०८२ पुस २२ गते मङ्गलबार ११:०७
प्रतिक्रिया

थप समाचार

तेस्रो कारोबार दिन पनि घट्यो सेयर बजार, कारोबार रकम कति ?

काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको...

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट, सेन्ट्रल फाइनान्सको कारोबार उच्च

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ। आज परिसूचक नेप्से ४.६४ अंक घटेर २ हजार ६९६.६७ विन्दुमा झरेको हो। नेप्सेसँगै यस दिन कारोबार रकम...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

पूँजीबजार सुधारमा अर्थमन्त्रीको जोड, ‘एसियाकै दोस्रो उत्कृष्ट बजार’को लक्ष्य कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नियामकीय गुणस्तर सुधार गर्दै पूँजीबजारलाई विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने दिशामा प्रभावकारी...

नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

काठमाडौँ: अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयद्वारा गठित सिफारिस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना