२०८३ कार्तिक २१ गते शुक्रबार

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक बनाउन रेखाङ्कन स्वीकृत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २८
mugling-sadak

डुम्रे। गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम भइरहेको छ। मुग्लिन–पोखराको पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा समानान्तर सडक निर्माणका लागि रेखाङ्कन स्वीकृत भएको हो।

सरकारले मुग्लिन–पोखरा सडकअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा त्रिशूली नदीको पारिपट्टी समानान्तर नयाँ सडक खोल्ने स्वीकृति दिएको आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए। “मुग्लिनबाट आँबुखैरेनीसम्म हालको राजमार्गको आधारमा समानान्तर सडक बन्ने भएको हो। मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनारमा गोर्खातर्फ सडकको रेखाङ्कन गरिएको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ”, उनले भने।

मुग्लिन बजारको पारिपट्टी गोर्खातर्फका त्रिशूली किनारबाट मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टीसम्म नयाँ सडकको रेखाङ्कन गरी उक्त सडकको केन्द्ररेखाबाट दायाँबायाँ दुवैतिर १५–१५ मिटरका लागि सडकको सीमा तोक्ने निर्णय गरिएको छ”, निर्देशक ढकालले भने। मुग्लिन र मस्र्याङ्दी विद्युत्गृह कटेसँगै पुल निर्माण हुने उनको भनाइ छ।

अहिले भइरहेको सडकलाई विस्तार गर्न प्राविधिक समस्या रहेकाले मस्र्याङ्दी र त्रिशूली नदीमाथि दुई वटा पुल निर्माण गर्न लागिएको उनले बताए। मुग्लिन–आँबुखैरेनी सडकखण्डअन्तर्गत कूल ९.३८ किलोमिटरमध्ये मर्स्याङ्दी नदी पारि ४.४५ किमी नयाँ सडक निर्माण हुनेछ।
सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पूरा गरिसकिएको छ। यो आयोजनाको सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ। यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा गोर्खातर्फ करिब पाँच किमी सडक निर्माण हुनेछ। मस्र्याङ्दी वारिपारि दुई–दुई लेनका सडक निर्माण हुनेछन्। यो मुग्लिन–पोखरा सडकखण्डको एक खण्ड हो। आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ”, निर्देशक ढकालले भने।

आयोजनाका अनुसार अहिले सञ्चालन भइरहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइनेछ। मर्स्याङ्दी पारि भने दुई लेन एकतर्फी बाटो बनाइने आयोजना कार्यालयले जनाएको छ। त्रिशूली नदी र मर्स्याङ्दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने ढकालले जानकारी दिए।

यो आयोजनाले गोर्खाको सहिदलखन गाउँपालिकालाई पनि छुनेछ। निर्देशक ढकालका अनुसार आयोजनाको कूल लागत तीन अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ। पृथ्वीराजमार्गमा रहेको मर्स्याङ्दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडक विस्तार गर्न सम्भव नभएपछि यो आयोजनाका लागि मर्स्याङ्दी पारी नयाँ लेन बनाउन लागिएको हो।

साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन हुनुका साथै गोर्खातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति नहुने भएकाले नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ। यसले गोर्खातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको प्रतिवेदनमा उल्लेख छ।

मुग्लिनमा त्रिशूली नदीमाथि १२० मिटर लामो पुल र मर्स्याङ्दी नदीमाथि १२५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्नेछ। सरकारले विसं २०७५ मर्स्याङ्दी नदीको बायाँ किनारमा दुई लेनको सडक निर्माणको रेखाङ्कन स्वीकृत गरेको थियो।

प्रकाशित: २०८२ पुस २८ गते सोमबार ०२:३४
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ। कार्तिक १९ गतेसम्म कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४८ हजार रुपैयाँ...

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना