काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री ‘नो म्यान’ हुनुपर्ने बताएका छन्। सबै कुरालाई स्वीकार गर्दै ‘एस एस’ भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ छ।
आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं। एस एस भन्ने कुरा अरु मन्त्रीलाई सुहाउँदो हुने भएपनि अर्थमन्त्रीलाई सुट गर्दैन,’ उनले भने।
बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले घटाइएको उनले बताए।
