२०८३ कार्तिक २१ गते शुक्रबार

‘मतदाताले राजनीतिक दलका नेतृत्वसँग आर्थिक नीतिका बारेमा बहस गर्नुपर्छ’

 |  डा. प्रकाशकुमार श्रेष्ठ
Sanket

डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौँ, माघ ७
pk_shresth

जेन-जी आन्दोलनका कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुन गइरहेको छ। जसको लागि उम्मेदवारी दर्ता भइसकेको छ। प्रतिनिधि सभाका सदस्यहरूको प्रमुख काम कानुन निर्माण गर्ने र बहुमत पुगेमा केही सांसदहरू सरकारमा गएर शासन चलाउने रहेकोछ।

निर्वाचन भएपछि पुनः आन्दोलन गर्नु भन्दा निर्वाचनमा विवेक पुराएर मतदान गर्नुपर्ने हुन्छ। वित्तीय स्रोत कमी रहेको देशमा समयावधि अगाडि निर्वाचन गर्नु पर्दाको खर्च १९ अर्ब रुपैयाँले हाम्रै विकासका कामहरूलाई चाहिने वित्तीय साधन काटिने हो।

मत माग्न आउन लागेका उम्मेदवार वा राजनैतिक पार्टीहरूलाई नेपालको अर्थतन्त्र र राज्य सञ्चालनसँग जोडिएका देहायका समस्याहरू समाधान गर्ने नीति, रणनीति र कार्यक्रम के छ भनेर मतदाता र मेडियाले सोध्नु पर्ने देखिन्छ र यस सम्बन्धमा बहस हुनु पर्दछ। यी समस्या समाधान गर्न उपयुक्त र व्यवहारिक नीति, रणनीति, कार्यक्रम र क्षमता भएका राजनैतिक पार्टी तथा उम्मेदवारलाई मतदान गर्नु विवेकशील हुनेछ।

१. युवाहरूले खोजेको रोजगारी नपाएर वर्षेनी लाखौको संख्या विदेशिएको स्थिति छ। यसले गर्दा जनसांख्यिक कमी आई आर्थिक गतिविधिमा शिथिलता आएको छ। अर्कोतर्फ केही क्षेत्रहरू जस्तै कृषि, निर्माण र केही उत्पादनमुलक उद्योगहरूमा श्रम अभावको स्थिति छ। यस्तो अवस्थामा युवाले खोजेका रोजगारी सिर्जना गर्ने र उपलब्ध रोजगारीमा तिनीहरूलाई काममा लगाउने सम्बन्धमा के कार्यक्रम र रणनीति छ?

२. करिब १० खर्ब रुपैयाँबराबरको ठेक्का लागि सकेको र सात खर्ब रुपैयाँबराबरको बहुवर्षिय स्रोत सहमति दिइसकेको स्थिति छ। यसको अर्थ करिव १७ खर्ब रुपैयाँ दायित्व सिर्जना भएको छ।

२०८२/८३ का लागि पुँजीगत बजेट चार खर्ब रुपैयाँ जति रहेको अवस्थामा ठेक्का लागेको कामहरू सम्पन्न भएर भुक्तानी गर्नु पर्ने भएमा आगामी चार आर्थिक वर्षको लागि पुँजीगत बजेटमा नयाँ आयोजना राख्न सकिने स्थिति छैन। वर्षौदेखि राष्ट्रिय गौरवका आयोजनाहरू अलपत्र छन्। राजस्व परिचालन शिथिल छ जसले गर्दा चालू खर्च पुरा गर्न पनि मुश्किल पर्ने अवस्था छ।

सरकारको ऋण दायित्व कूल २८ खर्ब रुपैयाँ नाघेको छ। माथिको सिर्जित दायित्व पनि ऋण लिएर नै तिर्नु पर्ने हुन्छ। यसको मतलब झण्डै ४५ खर्ब रुपैयाँको ऋण दायित्व छिट्टै पुग्ने देखिन्छ। केही सार्वजनिक संस्थानहरू लिएको ऋणको पनि सरकारले ग्यारेन्टी गरेको छ। यस्तो अवस्थामा सरकारी वित्त व्यवस्थापनको रणनीति के हो? राजस्व परिचालन कसरी बढाउने हो? सरकारको बढ्दो खर्च व्यवस्थापन कसरी गर्ने हो?

३. सार्वजनिक सेवा प्रवाह र विकास आयोजना कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा सरकारी कर्मचारी संयन्त्र रहेको हुन्छ। अहिले कर्मचारी सयन्त्र निराश र काम प्रति उत्प्रेरित छैन। घरखर्च चलाउन पुग्ने गरी पर्याप्त तलब छैन। मन्त्रालयका सचिव जस्तो जिम्मेवार र उच्च पदस्थ कर्मचारीहरूको समेतको लागि जिम्मेवारीमा रहेको बेला आवास सुविधा छैन। पर्याप्त तलब बढाउन वित्तीय स्रोत छैन। यस्तो अवस्थामा सरकारको कार्य सम्पादन बढाउन कर्मचारीको मनोबल बढाउने नीति, रणनीति र कार्यक्रम के छ?

४. सरकारको कार्य सम्पादन बढाउन सरकारी संस्थाहरू बलिया हुनु पर्दछ। छिटो छिटो हुने सरूवा र उत्प्रेणाको अभावले कर्मचारीहरूले विशिष्टकृत ज्ञान हासिल गर्न सकिरहेका छैन्। मेरिटोक्रेसी नहुँदा सही मान्छे सही ठाँउमा नभएको स्थिति छ। संस्थागत क्षमता बढाउने र प्रशासनिक सुधार गर्ने के रणनीति छ?

५. सरकारको वित्तीय स्रोत कमजोर छ। यस्तो अवस्थामा अधिकांश सरकारी संस्थानहरू कमजोर छन्। उदाहरणको रुपमा नेपाल वायु सेवा निगमलाई लिऔँ, अन्य केही संस्थानहरू बन्द छन् भने केही घाटामा छन्। सरकारलाई कमाएर दिनुपर्ने संस्थानहरूको कमजोर अवस्थालाई मध्यनजर राखेर सार्वजनिक संस्थानहरूको व्यवस्थापन सम्बन्धमा के धारणा तथा नीति कार्यक्रम छ?

६. संघीयताको अवस्थामा प्रदेश र स्थानीय तहमा वित्तीय स्रोत प्रवाह भएको छ। सानादेखि मझौला स्तरसम्मका भौतिक पूर्वाधार र विकास कार्यक्रम गर्न सक्षम छन्। तर संघीयताको लागि चाहिने पर्याप्त कानुन बनेका छैनन्। संघीयतालाई प्रभावकारी बनाउने रणनीति के हो?

संघीय सरकारले कस्ता भौतिक पूर्वाधार र विकासको काम मात्र गर्ने हो यस सम्बन्धमा धारणा के छ? समग्र आर्थिक विकासको लागि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्नु पर्ने छ। वित्तीय साधन पर्याप्त नभएको अवस्थामा कसरी गुणस्तर बढाउने हो?

७.कोभिडको बेलादेखि नै निजी क्षेत्र प्रभावित छ। ब्याजदर निकै कम हुँदा पनि कर्जा लिएर लगानी बढाउन सकेको छैन। लगानी नबढ्दा रोजगारी सिर्जना हुन सक्दैन। पछिल्लो आन्दोलनमा निजी क्षेत्रले पनि क्षति व्यहोर्नुपर्‍यो। यस्तो अवस्थामा निजी क्षेत्रको लगानी प्रर्वद्धन गर्न के नीति, रणनीति तथा कार्यक्रम छ?

८. हाम्रो निर्यात साह्रै कमजोर छ। आयातका साथै व्यापार घाटा उच्च छ। यसले गर्दा पनि आन्तरिक उत्पादन र रोजगारी बढ्न सकेको छैन। निर्यात बढाउन र आयात प्रतिस्थापनका लागि कस्तो रणनीति अपनाउने सोच छ?

९. कानुनी शासनको लागि कानुनहरू समयमा बन्नु पर्छ र सही ढंगले बन्नु पर्दछ। प्रतिनिधि सभाको मुख्य काम कानुन बनाउने नै हो। हाम्रा धेरै कानुनहरूले विकासमा अवरोध सिर्जना गर्ने गरेका छन्। विभिन्न विषयका कानुन बनाउने काम जटिल प्रकृतिको हुन्छ। कुन कुन कानुन कति समयमा बनाउने योजना छ? उम्मेदवारको कानुन बनाउन योगदान गर्न सक्ने क्षमता के छ? कुन क्षेत्रमा दखल छ?

१०. सुशासन कमजोर रहेको छ, सबैले महसुस गरेको कुरा हो। सुशासन भनेको राज्यको शक्ति र स्रोतसाधनको परिचालन विधिपूर्ण, पारदर्शी र जनउत्तरदायी ढंगले गर्ने प्रक्रिया हो। यसका लागि के कस्ता विधि तर्जुमा गर्ने योजना छ? कसरी सुशासन कायम गर्ने हो?

११. नेपाल भूराजनीतिक संवेदनशील क्षेत्रमा छ।यस्तो अवस्थामा पार्टीको कस्तो विदेश नीति हुन्छ? कसरी भूराजनैतिक सन्तुलन कायम राख्ने योजना छ?

१२. अहिलेको संविधान कार्यान्वयन भएको एक दशक हुन लागेको छ। देश राजनैतिक अस्थिरताको मारमा छ। अहिलेको संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीले बहुमत ल्याउन सक्ने सम्भावना कम छ। बहुमत नआएको अवस्थामा राजनैतिक स्थायित्व कायम गर्ने रणनीति के हो? संविधान संशोधनको एजेण्डा के हो? सांसदहरू मन्त्री हुने व्यवस्थाले मन्त्री भएको बखत आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट हाल्ने गरेका छन्। मन्त्री नभएका सांसदहरू मन्त्री हुनको लागि सरकार परिवर्तनको खेलमा लाग्दछन्। यसले गर्दा एउटै पार्टीको बहुमत आउँदा पनि सरकार अस्थिर हुने गरेको छ। सांसदहरूलाई मन्त्री बनाउने नबनाउने सम्बन्धमा धारणा के हो?

प्रकाशित: २०८२ माघ ७ गते बुधबार ०८:४६
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना