काठमाडौँ- काठमाडौँको बुढानीलकण्ठ मोडलको स्कुल पाँच वटै प्रदेशमा खोलिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन्। यस्तो स्कूल सूदूरपश्चिम, मधेश प्रदेश, कोशी प्रदेश, लुम्बीनी प्रदेश र कर्णाली प्रदेशमा खोलिने बताएका हुन्।
आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा महतले हरेक प्रदेशमा बुढानीलकण्ठ मोडलको स्कुल स्थापना गरिने बताए। गण्डकी प्रदेशमा गण्डकी बोर्डिङ स्कुल सञ्चालनमा छ।


